arrow

नवौ राष्ट्रपती रनीङ सिल्ड भब्यताका साथ सम्पन्न

खेलकुदको क्षेत्रमा मध्यपश्चिममा दैलेख प्रथम

logo
नविन कुमार शर्मा,
प्रकाशित २०७३ फागुन १ आइतबार
khelkud-1.jpeg
दैलेख । दैलेखमा एक वर्ष यता खेलक्षेत्रमा निकैनै फड्को मारेको छ । राष्ट्रिय दिवसहरुमा वर्षको एक दुई पटक मात्र खेल संचालन हुने गरीएको मा हाल जिल्लामा प्रत्येक महिना जस्तो जिल्ला स्तरिय खेलहरु हुने गरेको छ । गाँउ गाँउमा विभिन्न क्लवहरु देखि लिएर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने खेलहरुले गर्दा जिल्लामा खेलाडिहरु उत्साहित भएको छन । खेल राष्ट्रको गहना भएको भएता पनि खेलकुदको लागि आवश्यक पर्ने संरचना खेलाडिहरुलाइ गरिने सहयोग नहुदा खेल क्षेत्र निकैनै पछाडि परेको पाईएको छ । यस्तो क्षेत्र जसले देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुराउने भएता पनि नेपाल सरकारले खेलकुदको क्षेत्रमा गहन रुपमा चिन्तन नगर्दा खेलकुद क्षेत्र पछाडि परेको छ । 
 
यहि माघ २१ गते देखि संचालन भएको नवौं राष्ट्रपती रनीङ सिल्ड प्रतियोगीता २९ गते सम्म संचालन भएको थियो । जिल्लाका तीस भन्दा वढि माध्यमिक विद्यालयहरु सलग्न भएको प्रतियोगिताको क्षेत्रिय प्रतियोगीता दैलेखको दुल्लुमा र फाईनल प्रतियोगीता अवलपराजुल गाविसको सिता जनसहयोग उच्च माध्यमिक विद्यालयमा गरिएको थियो । पहिले पहिले जिल्ला सदरमुकाममा मात्र संचालन हुने खेलकुद प्रतियोगीता पछिल्लो समयमा आएर जिल्लाको खेलमैदान र खेलाडिहरुलाई खान र वस्न सकिने वजार भएको गाउँका विद्यालयहरुमा हुन थालेपछि गाउँबाट पनी खेलकुदमा ईच्छुक खेलाडिहरु वढि भन्दा वढि सहभागी भएको खेलकुद विकास समिति दैलेखका अध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिनु भयो । एथलेक्टिक, कपडि महिला, कपडि पुरुष, भलिवल महिला, भलिवल पुरुष, कराते, टेकाण्डो, उस्सु, चेस, वागचाल प्रतियोगी गरि चालिस भन्दा वढि खेलहरु समावेस गरिएको थियो ।
 
संचालीत नवौं राष्ट्रपती रनीङ सिल्ड प्रतियोगीतामा करीव वाह्सय भन्दा वढि खेलाडिहरुको सहभागी रहेकोले पनी जिल्लामा खेलप्रतिको लगाव र माया अनी पछिल्लो समयमा जिल्ला खेलकुद विकास समितिले गरेको सक्रिय भुमिकाले गर्दा उत्साहजनक खेल सम्पन्न भएको आयोजकको भनाई रहेकोछ । प्रतियोगीतामा सरस्वती माध्यमिक विद्यालय वईरीले प्रथम पुरस्कार पचास हजार नगद र सिल्ड, सिता जनसहयोग उच्च माध्यमिक विद्यालय अवलपराजुलले नगद पच्चिस हजार र तृतिय पुरस्कार अरनीको माध्यमिक विद्यालय चौराठाले नगर पन्ध्रहजार पुरस्कार प्राप्त गरेका थिए । 
 
मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा खेलकुदको क्षेत्रमा दैलेख जिल्लाले यस क्षेत्रमा रहेका पन्ध्र जिल्ला मा प्रथम भएको भन्दै क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जिल्लाको खेलक्षेत्रमा दैलेख जस्तो पहाडि जिल्लाले अन्य जिल्लाको तुलनामा खेल क्षेत्रमा गरेको लगनसिलता र योगदानको कदर हुने वताए । ब्यक्तिगत शारिरिक स्वस्थता र राष्ट्रको पहिचानको लागी खेलकुद सवैको लागि अपरिहार्य रहेको वताउदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थ नारायण श्रेष्ठले खेलक्षेत्रमा वच्चा देखि वुडा सम्म खेलकुद खेल्नु भनेको आफ्नो स्वास्थ्य वलियो वनाउनु र फुर्तीलो हुने जानकारी दिए । जिल्लामा खेलकुदका लागि आवश्यक पर्ने कवर्डहल, फुटवलका लागि चाहिने फुटवल मैदान नहुदा निकैनै गाहे भएको वताउदै अध्यक्ष श्रेष्ठले सरोकारवाला निकाय संग आवश्यक पुर्वाधारका लागी सहयोग गरिदिनु अनुरोध समेत गरे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ