arrow

प्रहरी प्रमुख नियुक्तिको झगडा : अस्पताल प्रमुख पोखरेललाई जिम्मेवारी सुम्पेर अर्याल घर फर्किदै

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
police-news-aa-a.jpeg

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा विवाद भएपछि ३० वर्षे सेवा अवधि पूरा भइ घर फर्किन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कार्यवाहकलाई जिम्मा दिनु पर्ने बाध्यता आएको छ । एआइजी सबै एकै पटक सेवानिवृत्त भएपछि डीआइजीबाट प्रहरी प्रमुख बनाउनु पर्ने अबस्थामा जयबहादुर चन्द नियुक्त भएपछि सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न भनेको छ । जसकारण साेमबार मध्यरातीबाट प्रहरी महानिरीक्षक पद खाली हुने भएको छ ।

अर्कोतिर प्रहरी प्रमुखको पद खाली हुन नहुने व्यवस्थाले अर्याललाई समस्यामा पारेको छ । नवराव सिलवाल र जयबहादुर चन्दको विवादबीच अर्यालले प्राविधिक तर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई कार्यवाहक प्रहरी प्रमुखको जिम्मेवारी दिने तयारी गरेका छन् । डा. पोखरेल हाल नेपाल प्रहरी अस्पतालको प्रमुखका रुपमा कार्यरत छन् ।

प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण साेमबार अनिवार्य अवकास पाउँदैछन् । अर्यालको कार्यकालको अन्तिम दिन आइतबार विहान  सरकारले डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

महानिरीक्षक नियुक्ति प्रक्रियाविरुद्ध परेको रिटको सुनवाई गर्दै सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि कार्यवाहकको खोजी गर्नु परेको हो । डिआइजी रहेका सबैको कार्य सम्पादनको फाइल सर्वोच्चले मागेपछि अर्यालले प्राविधिक तर्फको एआइजी खोज्नु परेको बताइँदैछ । सर्वोच्चको आदेशपछि प्रहरीले महानिरीक्षक पाउन केही समय कुर्नु पर्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ