arrow

जनयुद्ध दिवसको दिन नन्दप्रसादका छोराले देखाए यस्तो आक्रोश !

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
NUR_PRASAD.png
काठमाडौं । नेपालका माओवादीहरुले आईतबार देशभरी जनयुद्ध दिवस मनाईयो । यही माओबादीले आफ्नो छोरा मारेको आरोप सहित न्यायको माग गर्दै आमरण अनुसनमा बस्दैगर्दा ज्यान गुमाएका नन्दप्रसाद अधिकारीको शबको अझैसम्म पनि अन्त्येष्टि गरिएको छैन । उनकी श्रीमती अर्थात् माओबादीले मारेका कृष्णप्रसादकी आमा गंगामाया अझै आमरण अनसनमा बसिरहेकी छिन् ।
 
न्यायको खोजी गर्दै उनीहरुले कति राज्यप्रमुखको बाटो पर्खिए । कति न्यायमूर्तिहरुको बाटो पर्खिए । तर, न त कुनै न्यायमूर्तिहरुले उनीहरुलाई न्याय दिन सके न त राज्यका कार्यकारी पदमा आएकाहरुले नै । उनी अझै पनि मरेको न्याय खोज्नको लागि आमरण अनसनमा छिन् र उनको पनि निधन हुने आज हो कि भोलि हो भन्ने स्थिती आईसकेको छ । 
 
यस्तो अवस्थामा राज्यकालागि बलिदानी दिएको र यस्तै अन्य शब्द प्रयोग गरेर माओबादीहरुले पनि जनयुद्ध दिवस मनाएका छन् । तर, निर्दाेष रुपमा आफ्नो भाइ गुमाएका र न्यायको खोजीमा आफ्ना बाबु समेत गुमाएका नूरप्रसाद अधिकारीले यही जनयुद्ध दिवसको दिन सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा वर्तमान राजनीतिक परिस्थितीबारे विरक्तिपूर्ण र आक्रोशपूर्ण स्ट्याटस पोष्ट गरेका छन् । 
 
उनले लेखेको उक्त सन्देशमा भनिएको छ न्याय र मानवअधिकार प्राप्ति र खोजी गर्दा जो जसबाट कुल्चिएका छन् वा पेलेका छन। राष्ट्रवादी भन्नेहरुले न्याय र अधिकार खोस्ने र कुल्चने काम गरे भने बाध्य भएर राष्ट्रियता बिर्सेर निर्णय लिनुपर्ने हुन्छ।
 
उनले अब जनयुद्द भन्दै व्यक्ति हत्या गर्ने र लुट्नेहरु चाहे ती प्रचण्ड, बाबुराम, बिप्लब वा अरु जो सुकै किन नहोश् । उनीहरु कि जेल जानु पर्छ कि लेन्डुप बन्नुपर्छ होइनभने पीडितहरु लेन्डुप बन्ने चेतावनी पनि दिएका छन् । उनले परीक्षाको अन्तिम घडी आइसकेको भन्दै राष्ट्रयतालाई स्वीकार गर्दै हत्याराहरु जेल बस्ने कि लेन्डुप बन्नेभन्ने विषय सरकारले निर्णय गर्ने समय आएको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ