arrow

फाइटमा नेपाल पुलिस च्याम्पियन

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
NEPAL-CHAMP--police.jpeg

काठमाडौं । प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको फाइटमा नेपाल च्याम्पियन भएको छ । आइतबार भएको प्रतियोगिताको सिनियरतर्फ नेपाल पुलिस क्लबले ३ स्वर्ण,४ रजत र २ कास्य जित्दा च्याम्पियन हुदा नेपालकै यति तेक्वान्दो डोजाङ २ स्वर्णका साथ दोस्रो भयो ।

एक स्वर्ण,तीन रजत र दुई कास्य जितेको भुटानले तेस्रो स्थानमा चित्त बुझायो । क्याडेटतर्फ पनि नेपालकै आयोजक युनाईटेड तेक्वान्दो डोजाङले ५ स्वर्ण र दुई कास्य हात पार्दै च्याम्पियन भयो । भारतले ३ स्वर्ण र ५ रजतका साथ दोस्रो तथा नेपालको सितापाइला तेक्वान्दो डोजाङ तीन स्वर्ण र २ रजत जित्दै तेस्रो हुन सफल भयो ।  

त्यस्तै जुनियरतर्फ भने ४ स्वर्ण,१ रजत र ३ कास्य पदक जितेको भारत च्याम्पियन भयो । नेपालको सितापाइला डोजाङले ३ स्वर्ण, २ रजत  र ३ कास्य जित्दै दोस्रो तथा २ स्वर्ण , २ रजत र ६ कास्य जितेको कोटेश्वर तेक्वान्दो डोजाङ तेस्रो हुन सफल भयो । प्रतियोगिताका पुरुषमा नेपालको कोटेश्वर तेक्वान्दो डोजाङका उज्वल गुरागाँई र महिलामा इन्डोनेसिका डिना मरिसिया उत्कृष्ट खेलाडी चुनिएको आयोजकका सदस्य कुमार लामा घिसिङ बताए । उज्वलले ७४ केजीतौल र डिनाले ४६ केजीतौलमा स्वर्ण पदक हात पारेका थिए ।

अन्तिम दिन पुरुष सिनियर फाइटतर्फ ६३ केजीमा नेपालका विनोद बस्नेतले स्वर्ण, नेपालकै टिका राम रानामगरले रजत,स्युचाटारका छिरिङ र काठमाडौँका मनमोहन भटृराईले कास्य,७४ केजीमा कोटेश्वरका उज्वल गुरागाइले स्वर्ण,न्युरक्षाका राजकुमार माझीले रजत, नेपालका केस थापा र भारतका सुमित पटेलले कास्य तथा ८० केजीमा बंगलादेशका मोहम्मद खानले स्वर्ण, नेपालका धर्मराजले रजत, नेपाल पुलिसका दिनेश हमाल र कोटेश्वरका भुपेन श्रेष्ठले कास्य पदक हात पारे । पुरुषकै ८७ केजीमा नेपालका उद्धव थापाले स्वर्ण,न्युरक्षाका श्याम कुमार माझीले,धनगढिका लोक बुढा र भारतका मोहीत राजपुतले कास्य पदक हात पारेको प्रतियोगिताका सदस्य कविराज नेगी लामाले बताए ।

प्रतियोगितामा नेपालको सितापाइला डोजाङका प्रशिक्षक प्रनिश गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिएको प्रतियोगिता संयोजक नोर्बु लामाले बताए । प्रतियोगिताका विजेता खेलाडीलाई जेशिस स्कुलका प्रिन्सिपल सरोज महर्जन, संयोजक नोर्बु लामा, केन्द्रियसदस्य बुद्धि घिमिरे र पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर लगायतले पुरस्कृत गरे ।  प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका प्रतिस्पर्धा गरेका थिए । पुम्सेतर्फ ३८ स्वर्ण र फाइट (क्योरुगी)तर्फ कुल ४० स्वर्णका पदकका लागि प्रतिस्पर्धा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ