arrow

चेल्सी बराबरीमै रोकियो, दोस्रो स्थानको टोटनह्यामसंग १० अंकको अन्तर

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
chelsea.jpeg
टर्फ मुर । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमै रोकिएको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी बर्नलेसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।
 
खेलको सात मिनेटमै पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई प्रारम्भिक अग्रता दिलाए । तर २४ मिनेटमै रोबर्ट ब्राडीले गोल गर्दै हल सिटीलाई बराबरीमा ल्याए ।
 
यो बराबरीसंगै चेल्सीले २५ औं चरणको खेलसम्म ६० अंकसहित दोस्रो स्थानको टोटनह्याम हट्सपरभन्दा १० अंकको अग्रता बनाएको छ ।
 
त्यस्तै आर्सनल पनि ५० अंकसहित तेस्रो स्थानमा छ । लिभरपुल ४९ अंकसहित चौथो स्थानमा छ । तर एक खेल कम खेलेको म्यानचेष्टर सिटीको ४९ अंक नै छ ।
 
बर्नमाउथलाई हराउन सके म्यानचेष्टर सिटी दोस्रो स्थानमा पुग्दै चेल्सीसंगको अंक दूरी ८ मा झार्नेछ । 
Robbie Brady is all smiles after levelling the scoreline with a curling free-kick which evaded the diving Thibaut Courtois
Chelsea's wall failed to stop Burnley's January signing from opening his account for his new side
Chelsea playmaker Pedro wheels away in celebration after his neat finish landed in the back of Tom Heaton's goalBurnley manager Sean Dyche greets opposite number Antonio Conte before kick off at a cold Turf Moor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ