arrow

ट्रम्पको नीतिविरुद्ध मेक्सिकोमा लाखौं जनता सडकमा

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
mexico.jpeg
मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी र शरणार्थीमाथि लगाएको प्रतिवन्धका साथै सीमा क्षेत्रमा पर्खाल लगाउने नीतिविरुद्ध मेक्सिकोमा ठूलो प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले मेक्सिकोका दर्जनबढी सहरमा प्रदर्शन गरेका छन् ।
 
लाखौंको संख्यामा मानिसहरु सडकमा उत्रिएर गरेको प्रदर्शनले मेक्सिकोवासीहरु ट्रम्पको नीतिको चर्को विरोधमा रहेको देखाएको छ । 
 
आयोजकहरुले मेक्सिकोवासीहरु ट्रम्पको नीतिविरुद्ध ऐक्यवद्ध रहेकोसमेत सन्देश दिन यतिठूलो संख्यामा प्रदर्शन गरिएको बताएका छन् । 
 
उनीहरुले ट्रम्पको आप्रवासी र शरणाथी नीति विश्व समुदायका लागि ठूलो चुनौती रहेकोसमेत बताएका छन् ।  
 
उनीहरुले अमेरिकी समाज पनि शरणार्थीहरुबाटै बनेको कुरा नबिर्सन पनि ट्रम्पलाई चेतावनी दिएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ