arrow

नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
nepal-india.jpeg

कञ्चनपुर । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेब्रुअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका हुन् । दोधारा चाँदनी र बेलौरी सीमा नाका सोमबार साँझदेखि बन्द हुने छन् ।

यसैगरी, बेलडाँडी र त्रिभुवन बस्ती भारतसँग जोडिएका सीमा नाका मङ्गलबार साँझदेखि बन्द हुने छन् । फागुन ४ गते साँझ ५ बजेसम्मका लागि भारतसँग जोडिएका सीमा नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।

चुनावमा अवाञ्छित क्रियाकलाप नहोस् भनेर भारत सरकारको आग्रहमा सीमाना बन्द गरिएको बताइएको छ । सीमा नाका क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्नुका साथै गस्तीको कार्यलाई समेत तीव्र बनाएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ