arrow

लाभग्राही सूचीमा छुटेका भूकम्पपीडितको पुनःखोजी गर्ने निर्णय

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
PM-sangako-bhaithak.jpeg

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिले पुनःनिर्माण सम्बन्धी कार्यविधिमा कोष परिचालन र नियन्त्रण सम्बन्धी व्यवस्थाको प्रस्ताव  मन्त्रीपरिषदमा  सिफारिस गर्ने र छुटेका भूकम्पपीडितको पुनःखोजी गर्ने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको बैठकमा निर्देशक समिति अध्यक्ष पुष्पकमल दाहालले पुनःनिर्माणमा भएको प्रगतिबारे जानकारी लिए ।

बैठकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सञ्चालन गर्ने पुनःनिर्माण कोष सम्बन्धी कार्यविधिमा कोष परिचालन र नियन्त्रण सम्बन्धी व्यवस्थाको प्रस्ताव  मन्त्रीपरिषदमा सिफारिस गर्ने, भूकम्प पीडित लाभग्राही सूचीमा समावेश हुन छुटेका भनि आएका गुनासाबारे पुनःसर्वेक्षण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।

समिति अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पको पुनःनिर्माणमा भइरहेको ढिलाइबारे बैठकलाई सचेत गराउँदै युद्धस्तरमा काम अघि बढाउन निर्देशन दिए ।  प्रधानमन्त्री दाहालले भने, ‘मेरो सबै भन्दा धेरै चासो र चिन्ता भूकम्पपछिको पुनःनिर्माण र निजी आवास निर्माणमा छ ।
भूकम्प गएको २ वर्ष पुग्न लाग्दासमेत जनताका घर बन्न सकेका छैनन् । पहिलो किस्ता राहत वितरणको काम सन्तोषजनक भएपनि अरु काम प्रभावकारी हुन सकेका छैनन् । प्राधिकरणको ध्यान त्यतातिर जाओस्, अब हामीले ढिलाई गर्नु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ