arrow

विराटले जिताए टेष्ट, बंगलादेश २०८ रनले स्तब्ध

जडेजा र आश्विन घातक

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
virat-new-bang.jpeg

उप्पल, हैदरावाद । बंगलादेशविरुद्धको एकमात्र टेष्ट क्रिकेट भारतले जितेको छ । हैदरावादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको टेस्ट भारतले दुई सय ८ रनले कब्जा गरेको हो ।

पहिलो इनिङमा कप्तान विराट कोहलीले बनाएको दोहोरो सतको मद्दतले भारत विजयी भएको हो । टस जितेर पहिले व्याटिङ गरेको भारतका लागि पहिलो इनिङमा विराटले दुई सय रन जोडे । दोस्रो इनिङमा विराट ३८ रनमै समेटिँदा चेतेश्वर पुजाराले अविजित अर्धसतक पार गरे ।

६ विकेट गुमाएर पहिलो इनिङ समाप्तिको घोषणा गर्दा भारतले ६ सय ८७ रन बनाएको थियो । बंगलादेश ३ सय ८८ रनमै अलआउट भयो । बंगलादेशका कप्तान मुशफिकुर रहीमले एक सय २७ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशले पहिलो इनिङमा गरेको प्रदर्शनलाई हेरेर भारतले ४ विकेट गुमाएर एक सय ५९ रन बनाएकै अवस्थामा दास्रो इनिङ समाप्तिको घोषणा गरिदियो । जवाफमा बंगलादेशलाई ४ सय ५९ रनको चुनौती रहयो । दोस्रो इनिङमा बंगलादेश झन् खस्किएर २ सय ५० रन मात्रै बनाउन सक्यो ।

बंगलादेशलाई कमजोर पार्न दोस्रो इनिङमा रविचन्द्रन आश्विन र रविन्द्र जडेजा घातक सावित भए । जडेजाले १५ मेडन राखेर ४ र आश्विनले १० मेडन राखेर समान ४ विकेट चट्काए । किफायती बलिङ र घरेलु मैदानको फाइदा उठाउँदै भारतले बंगलादेशलाई स्तब्ध पार्दै घर फर्काएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ