arrow

प्रहरी प्रमुख नियुक्ति प्रकरण : डिआइजी सिलवाल र वकिल ढकालको मुद्दा सँगै राखेर फैसला हुने

निमित्तको व्यवस्थाः सरकार वा नियमानुसार

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
chand-and-silwal.jpeg

काठमाडौं । सर्वोच्च अदालतले बढुवा विवादमा उत्रिएका डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दा राखेर अधिवक्ता कपिलदेव ढकालले दायर गरेको मुद्दासँगथै राखेर हेर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अघिल्लो मुद्दासँगै सिलवालको मुद्दालाई समावेश गरी फागुन ८ मा हेर्ने निर्णय गरेको हो ।

आइतबार मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर बढुवा गरेको र प्रहरी प्रमुख नियुक्त गरेको भन्दै सिलवालले मुद्दा दायर गरेका थिए । यसअघि अधिवक्ता ढकालले प्रहरी महानिरीक्षकको बढुवा नियमविपरीत रहेको भन्दै सर्वोच्चमा दायर गरेको आइतबार मात्रै सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सिलवालले आफु वरियता पहिलो नम्बरमा रहेको भन्दै सरकारले गरेको प्रहरी प्रमुख नियुक्तिको निर्णय खारेज गर्न माग गरेका छन् । अदालतको आदेशसँगै सरकारले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

निमित्तको व्यवस्थाः सरकार वा नियमानुसार
प्रहरी महानिरीक्षक नियुक्तिको विवादले समयमा पद पूर्ति हुन सकेन । सोमबार मध्यराती १२ बजेबाट प्रहरी प्रमुखको पद रिक्त हुँदैछ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याल ३० वर्षे सेवाअवधि सकेर घर फर्किँदै छन् ।

अर्कोतिर प्रहरी प्रमुखको पद खाली राख्न नहुने बाध्यता छ । जसकारण निमित्तको जिम्मेवारी दिनुपर्ने अवस्था आएको छ । निमित्त प्रहरी प्रमुखको कसलाई बनाउने भन्ने अझै यकिन नभएको गृहमन्त्रालयले जनाएको छ ।

गृहका प्रवक्ता बालकृष्ण पन्थीले भने, ‘निमित्तको जिम्मा दिने विषयमा विषेश निर्णय लिनु पर्ने भए सरकारले निर्णय गर्ने र सरकारले कुनै निर्णय नलिए प्रहरीको प्रचलित ऐन नियम अनुसार निमित्तको व्यवस्था हुने प्रावधान छ ।’ प्रहरी ऐन नियम अनुसार वरिष्ठताका आधारले निमित्त पाउने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ