arrow

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा युनियनको तालाबन्दी

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
Union_talabandi.jpeg
काठमाडौं । सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । सोमबार युनियनमा आवद्ध पत्रकारहरुको टोलीले सञ्चारग्राम तिलगंगामा रहेको कार्यालयमा तालाबन्दी गरेको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए । 
 
यस भन्दा अघि पनि सदस्यता चयनको विषयमा असन्तुष्टि जनाउँदै युनियनका विभिन्न शाखाहरुले महासंघको जिल्ला शाखामा तालाबन्दी गर्दै आएको थियो । युनियनले सदस्यता वितरणको क्रममा महासंघल गैरनेपालीदेखि गैरपत्रकारसम्मलाई सदस्यता दिएको, महासंघको विधी र प्रक्रियालाई लत्याउँदै कुनै दल विशेषका कार्यकर्ताहरुलाई समेत सदस्यता वितरण गरेको लगायतको आरोप लगाएको छ । 
 
युनियनले महासंघको ४० जिल्लामा गरिएको नयाँ सदस्यता वितरण र नवीकरणमा समेत असहमति जनाएको छ । ती जिल्लाका प्रतिनिधिहरुको नामावली सच्याएसम्म उक्त सूची स्वीकरै गर्न नसक्ने अडान युनियनको छ । सोमबार अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञप्तीमा केन्द्रबाट नै महासंघको विधान विपरितका ३ हजार भन्दा बढी पत्रकारहरुलाई महासंघको सदस्यता दिईएको आरोप लगाईएको छ । महासंघ आफैंले बनाएको कार्यविधिलाई समेत लत्याएर महासंघले अन्य पेशामा आवद्ध रहेकाहरुलाई समेत सदस्यता दिएको आरोप पनि विज्ञप्तीमा लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ