arrow

शान्ति शिक्षाद्वारा ललितपुरमा विद्यालय भवन पुनःनिर्माण

logo
प्रकाशित २०७३ फागुन २ सोमबार
DSC_0745.jpeg
ललितपुर । शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण–मर्मत कार्यक्रम अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी महानगरपालिकामा रहेको लुभू माध्यमिक विद्यालयको  पुनःनिर्माण गरेको छ । अभियानले सभासद चन्द्र महर्जनमार्फत नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण समेत गरेको छ । 
 
शान्ति शिक्षा अभियान नेपालले स्थापना कालदेखि नै आफ्नो उद्धेश्य अनुरुप सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाण्डौं जिल्लाहरुमा शैक्षिक गुणस्तर सुधार परियोजना अन्र्तगत बिद्यालय भवननिर्माण–मर्मत सम्भार, प्रारम्भिक बाल विकास र अंग्रेजी भाषा शिक्षण तालिम, खानेपानी, सेतोपाटी, फर्निचरको व्यवस्था, कक्षा कोठाहरुमा झ्याल ढोकाहरुको व्यवस्था गर्ने जस्ता विद्यालय केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । 
 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री सगुनवीर श्रेष्ठले ‘गत वर्षको विनाशकारी भुकम्पले विद्यालयका पुराना भवनहरु क्षतिग्रस्त बनाएको हुँदा पठनपाठन गर्न गराउन कठिन भएको अवस्थामा शान्ति शिक्षा अभियान नेपालले ४ कोठे पक्की भवन निर्माण गरी सहयोग गरेकोमा विद्यालयको तर्फबाट संस्थालाई मुरी मुरी धन्यवाद’ व्यक्त गरे।
 
उक्त कार्यक्रममा प्रमुख अतिथि चन्द्र महर्जनले भुकम्पले क्षतिग्रस्त भवन पुर्ननिमाण गरी विद्यालयका बालबलिकाहरुलाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको व्यवस्था हुनुका साथै शिक्षक शिक्षिकाहरुलाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ