arrow

परराष्ट्रमन्त्री महत र बेल्जियमका विदेशमन्त्रीबीच भेट

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
1487005193401_meet-Photo-Courtesy--Nepal-Embassy-of-belgium-3.jpeg
काठमाडौँ । बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवम् विदेशमन्त्री दिदर रेन्डर्स्बीच साेमबार ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ । 
 
भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  भेटका अवसरमा उनीहरुबीच विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमासमेत कुराकानी भएको छ । दुई देशका विदेशमन्त्रीस्तरको द्विपक्षीय संयुक्त संयन्त्रको निर्माणका विषयमा समेत सहमति भएको जनाएको छ । 
 
त्यस्तै नेपाल र बेल्जियमको संसद्का बीचमा संसदीय समूहको निर्माणका विषयमासमेत सहमति भएको छ । सो अवसरमा परराष्ट्र मन्त्री डा महतले नेपालको विकासका लागि जारी विकास प्रयासको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न आग्रह गर्दै नेपालको विकास प्रयासमा विगत लामो समयदेखि बेल्जियमले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । 
 
नेपालको पछिल्लो राजनीतिक विकासक्रमका बारेमा जानकारी गराउँदै उनले नेपालले नयाँ संविधान जारी भएपछि समावेशी र समानुपातिक सिद्धान्तका आधारमा प्रजातन्त्रको सुदृढीकरणको प्रयासलाई थप गति दिएको र निकट भविष्यमा नै स्थानीय र राष्ट्रिय निर्वाचनमार्फत सङ्घीय शासन व्यवस्थालाई संस्थागत गर्ने काममा जुट्ने बताए। 
 
भेटमा बेल्जियमका उपप्रधान एवम् विदेशमन्त्री दिदरले बेल्जियम सरकारले नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ