arrow

यसरी तुहिने भो संस्कृत विद्यापीठमा अपार्टमेन्ट बनाउने एनआरएनको सपना

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
NRN_sanskrit.png
काठमाडौं । एनआरएनको संस्कृत विश्वविद्यालयको जग्गामा अपार्टमेन्ट बनाउने सपना पूरा हुन असम्भव प्रायः देखिएको छ । दरबारमार्गमा रहेको तीनधारा संस्कृत छात्राबास र प्रदर्शनी मार्गमा रहेको वाल्मीकि विद्यापीठको जग्गालाई ४० वर्षको लागि भाडामा लिएर अपार्टमेन्ट बनाउन सहमति जुटाउनको लागि एनआरएनले पटकपटक तारे होटलमा बसेर वार्ता समेत गरेका थिए । तर ती सबै खर्च समेत एनआरएनका अधिकारीहरुलाई घाटा लागेको विश्वविद्यालय निकट स्रोतले जानकारी दियो । 
 
नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको तीनधारा संस्कृत छात्राबास र वाल्मीकि क्याम्पसको जग्गामा छात्राबास र विद्यापीठ समेत विस्थापित गरी अपार्टमेन्ट बनाउने प्रस्तावमा पुरातत्व विभागको अवरोध हुने भएपछि एनआरएनका उच्च अधिकारीहरुको अहिलेसम्मको लगानी त्यसै खेर जाने स्थिती देखिएको हो ।
 
कुनैपनि भवन १०० वर्ष भन्दा बढी भएपछि त्यो स्वतः सम्पदा सूचीमा समावेश हुने गरेको छ । त्यस्र प्रावधान अनुसार तीनधारा संस्कृत छात्राबासको त्यो भवन भत्काएर नयाँ बनाउन सकेत पुरातत्वको स्वीकृति लिनु पर्ने हुन्छ । यस्तो अवस्थामा सम्पदा मासेर अपार्टमेन्ट बनाउन पुरातत्वले अवरोध गराउने विभागले जनाएको छ । सो मध्ये तीनधारा छात्राबासको मूल भवन १९४१ सालमा निर्माण भएको भनेर उल्लेख गरिएको तामैपत्र भेटिएको छ ।  
 
पुरातत्व विभागका सूचना अधिकारी दामोदर गौैतमले १०० वर्ष पुगिसकेको कुनैपनि भवन तथा अन्य सम्पदा पुरातत्व विभागका सूचीकृत हुने भएकोले सो को भवन भत्किएको खण्डमा नयाँ बनाउन पनि विभागको स्वीकृति आवश्यक पर्ने बताए । उनले सम्पना मास्ने छुट कसैसँग पनि नरहेको भन्दै त्यस्ता सम्पदाको ठाउँमा अपार्टमेन्ट बनाउने कुरा सम्भव नभएको बताए । 
 
त्यस्तै, सो विषयमा सुझाव दिनको लागि गठन गरिएको सुझाव समितिले पनि सो जग्गा भाडामा दिन उपयुक्त नहुने सुझाव सहित प्रतिवेदन बुझाउने तयारी गरिररहेको छ । स्रोतका अनुसार सो समितिका कुनैपनि सदस्य यसको पक्षमा देखिँदैनन् । 
 
यसले गर्दा पनि विश्वविद्यालयका सीमित व्यक्तिहरु र एनआरएनका सीमित व्यक्तिहरुको चाहाना माथि ठेस लाग्ने स्थिती देखिएको छ । 
 
यो विषय आजभन्दा झण्डै ३ वर्ष अगाडिदेखि सुरु भएको हो । त्यसदेखि यता हामीलाई प्राप्त जानकारी अनुसार एक पटक एमाले पूर्वअध्यक्ष एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवासमा समेत एनआरएनका पदाधिकारी र विश्वविद्यालयका अधिकारीहरुबीच भेटघाट भएको थियो । त्यसपछि केही महिना अगाडि मात्रै नेपाली काँग्र्रेसका महामन्त्री सशांक कोइराला निवासमा समेत भेटवार्ता भएको थियो । त्यसपछि दुई पक्षबीच पछिल्लो समय सोल्टी होटलमा वार्ता भएकोे थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ