arrow

झडप हुने डरले स्ववियु निर्वाचन नै स्थगित !

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०७३ फागुन ३ मंगलबार
FSU.jpeg
मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा रहेको रारा बहुमुखी क्याम्पसले सोमबार साँझ विज्ञप्ती निकाल्दै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित गरेको बताएकोछ । विद्याथी संगठनहरुले आफै सहमती गरेर पुन सहमती तोड्दै गएको र क्याम्पसमा तनाव सृजना हुने अवस्था आएकोले चुनाव स्थगित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 
त्रिभुवन विश्व विद्यालयले फाल्गुण १४ गते स्ववियू निर्वाचनको मिती तोकेपछि गत २१ गते रारा क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीका प्रतिनिधीहरुको बैठक बसी माघ २८ बेलुका ५ बजेसम्म विद्यार्थी भर्ना गर्ने समय सिमा तोकेर निर्णय गरेका थिए । तर माघ ८ सम्म नेपाल विद्यार्थी संघले आफना समर्थक विद्यार्थीहरुको भर्ना गरेपनि अन्य संगठनहरुले विद्यार्थी भर्नामा ध्यान दिएनन ।
 
नेपाल विद्यार्थीसंघका कार्यवाहक अध्यक्ष दिपक रावल सबै संगठनको सल्लाहमा ७ दिन सम्म भर्ना गर्ने समय तोकेर निर्णय गरियो तर अहिले आएर अन्य संगठनका साथीहरु पुन भर्ना समय थपौ भनेर बखेडा झिक्दैछन कुनै पाटीको पछि लागेर क्याम्पस प्रशासनले अकास्मात निर्वाचन स्थगित गरयो । 
 
स्रोतका अनुसार रारा क्याम्पसमा प्रमुख डम्बर रावल एमाले समर्थक भएकाले आफनो विद्यार्थी संगठन हार्ने निश्चित भएकाले उनकै सल्लाहमा निर्मित्त क्याम्पस प्रमुखले विज्ञप्ती निकालेर स्थगित गरेको विद्याथी संघको बुझाई छ । माघ २८ गते भर्ना अवधि सकिएपछि माघ २९ गते रारा क्याम्पसमा नेपाल विद्यार्थी संघ र नयाँ शक्ति नेपालको विद्यार्थी संगठनले संगठन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारी र अनेराश्वियूले संगठन दर्ता गराएनन ।
 
२०६५ सालमा भएको स्ववियु निर्वाचनमा रारा क्याम्पसमा नेपाल विद्यार्थी संघले र अखिल क्रान्तिकारीमा संयुक्त प्यानलले जितेको थियो । रारा क्याम्पसका पुर्व स्ववियु सचिव प्रकाश शाही सबै संगठनहरुले निर्णय गरेको प्रमाण हुदा हुदै पनि क्याम्पस प्रशासनले कुनै राजनैतिक पाटीलाई काँधमा राखेको आरोप लगाए ।
 
उनले त्रिभुवन विश्व विद्यालयको सम्वन्धन प्राप्त क्याम्पस भन्ने उसैले तोकेको निर्वाचन विपरित आफनो निर्णय गर्ने क्याम्पस प्रमुखले राजनैतिक गर्ने हो भने क्याम्पसको जागिर छोडेर मैदानमा उत्रिन आग्रह गर्नु भयो । क्याम्पसले निर्णय नसच्चाए कडा आन्लोलनमा उत्रने र अदालतसम्म पुग्ने बताए।
 
रारा क्याम्पसका लेखापाल कर्ण बहादुर रोकाया विद्यार्थी संगठन र प्रशासनले संयुक्त निर्णय गरेपनि केही विद्यार्थी संगठनहरु निर्णयबाट पछि हटदा चुनाव गराउन समस्या भएकाले स्थगित गर्नु परेको बताउछन । मुगु जिल्लामा रहेका दुई वटा क्याम्पस मध्य रारा बहुमखि क्याम्पसमा निर्वाचन प्रकृया स्थगित गरेपनि उता खत्याड भेगमा रहेको महादेव मष्टा चतुरदेव क्याम्पसमा भने त्रिवि कै तालिका अनुसार निर्वाचन प्रकृया भई रहेको बताईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ