arrow

जनसंख्या परिषदको विज्ञ सदस्यमा को–को नियुक्त भए ?

पहिलो बैठकमै सात विज्ञ सदस्य नियुक्त

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
bigye-sadasye-niyita.jpeg

काठमाडौं । राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठकले जनसंख्या परिषदमा ७ जना विज्ञ सदस्य नियुक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार दिउँसो सिंहदरबारमा सम्पन्न बसेको परिषद् बैठकले प्राध्यापक डा.योगेन्द्र बहादुर, प्राध्यापक डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा.पुनमलाभ कर्णलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखिकरण गर्ने निर्णय पनि गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, ‘जनसंख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवन पद्दति कायम गर्न सकिन्छ । संघीय संरचना अनुसार जनसंख्याको अभिलेखन र विद्युतीय अभिलेखिकरणले यसमा आधुनिक अभिलेखको व्यवस्था हुनेछ ।’ कार्यक्रममा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा र अन्य मन्त्रीहरु उपस्थित थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ