arrow

कर्मचारीको आन्दोलनले सेवाग्राहीलाई सास्ती

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ फागुन ३ मंगलबार
bhajang.jpeg
बझाङ। आफ्नो हकहितलाई सरकारले वेवास्था गरेको भन्दै स्थानिय तहका कर्मचारीहरु आन्दोलीत भएपछि सेवाग्राही लाई समस्या हुन थालेको छ । गाविस , नगरपालीका र जिविस मातहतका कर्मचारीहरुले एक साता अगाडी देखी कार्यालयमा नगएर काम नगर्ने भनेपछि टाढाटाढा वाट कामका लागी आएका सेवाग्राहीहरु रिक्तो फर्कने थालेका छन् । 
 
गाविस र जिल्लामा रहेका कर्मचारीहरु जिल्ला विकास समितिको परिषरमा धर्ना दिएर बसेका छन् । स्थानिय निकाय ट्रेड युनियन केन्द्रिय समन्वय समितिको परिपत्र अनुसार जिल्ला समन्वय समितिले माघ २३ गते देखी विभिन्न चरणका आन्दोलनहरु गर्दै आउदाँ समस्या भएको हो ।
 कर्मचारीहरुले काम गर्न छोडेपछि गाविसले गर्ने  काम जन्मदर्ता विवाह दर्ता नागरिता सिफारिस सहित अन्य सेवा अवरुद्धहुदाँ साह्रै समस्या भएको रिलुका मान बहादुर बोहराले वताए ।
 
 उनले भने कर्मचारीहरुको आन्दोलनले हामी लाई समस्या भएको छ यसको जिम्मेवार सरकार हुनु पर्ने बताए । जिल्ला विकास र नगरपालीकामा पनि योजनाको सम्झौता गर्ने निकासा लिने लगाएत सेवा प्रभावित भएको छन् । कोटभैरब गाविसका राम बहादुर खातीले जिल्ला विकास बाट र्निबाचन क्षेत्र विकास कार्यक्रम वाट योजनाको सम्झौता गर्न नसकेर काम ढिला भएको वताए । उनि जस्तै अन्य उपभोक्ताहरु पनि जिविस नगरपालीका आज भोली खुला होला भन्दा भन्दै चैनपुरमै बसेर दिन काटेका छन् ।
 
कर्मचारीहरुको धर्नाले सेवाग्राही साथै कार्यालयको अन्य कामकाजमा पनि साह्रै समस्या भएको स्थानिय विकास अधिकारी प्रमोद सिम्खडाले जानकारी दिए  । उनले यतिका दिन सम्म स्थानिय निकायको काम ठप्प हुनासम्म केन्द्रबाट कुनै सकुलर नभएको बताए । स्थानिय निकायका कर्मचारीहरुले स्थानिय र्निबाचनको घोषणा गरिनु पर्ने अव बन्ने ऐननियम कार्यविधिले स्थानिय निकायको स्थायीत्व गरियोस् ।
 
 समायोजनमा जाने कर्मचारीको विषेश सुविधा होस् , उपदान बीमा सन्तति छातृबृतिको व्यवस्था होस् लगाएका माग राखेको छ । अव हुने स्थानिय निकायमा हाम्रो  पेशाको सुरक्षीत हुनु पर्यो गाविस कर्मचारीसंघका अध्यक्ष रमेश बहादुर विष्टले भने अन्यथा हाम्रो आन्दोलन जारी हुने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ