arrow

स्वास्थ्यकर्मीको आन्दोलनले बिरामी मारमा

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ फागुन ३ मंगलबार
kanchanpur-hadtal.jpeg
कञ्चनपुर ।   पद अनुसार जिम्मेबारीको माग राख्दै आन्दोलनमा उत्रेका कञ्चनपुरका स्वाथ्यकर्मीको आन्दोलनका कारण बिरामी मारमा परेका छन् । आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन २०५३ को दफा (ख) बमोजिम जिम्मेबारीको माग राख्दै आफ्नो नियमित कामकाज समेत ठप्प पारेर आन्दोलनमा उत्रेपछि बिरामी मारमा परेका छन् । 
 
उपचारका लागि विभिन्न सरकारी अस्पताल आएका बिरामी उपचार नै नगरी घर फर्केका छन् । सोमबार कञ्चनपुरका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए । कञ्चनपुरका विभिन्न सरकारी स्वास्थ्यसंस्थामा कार्यरत कार्यरत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा ऐन २०५३ को दफा (ख) बमोजिम जिम्मेबारीको माग राख्दै आफ्नो नियमित कामकाज समेत ठप्प पारेर आन्दोलनमा उत्रेका थिए । 
 
कञ्चनपुरमा क्रियाशिल ट्रेड यूनियनको संयुक्त जिल्ला संयोजक पंकज रावलले आन्दोलन जारी रहेको बताए । सरकारले माग बारे सुनुवाई नगर्दा आजदेखि महाकाली अञ्चल अस्पतालको आकस्मिक सेवा बाहेक बन्द गर्ने चेतावनी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको खोप शाखामा समेत तालाबन्दी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले फागुन १ गतेदेखि संचालन गर्ने भनिएको ६ दिने स्वास्थ्य कार्यकर्ता तालिम समेत आन्दोलनरत स्वास्थ्यकर्मीले रोकेका छन् । माग पुरा नभए सम्म राष्ट्रिय पोलियो खोप कार्यक्रम र हात्तिपाईले कार्यक्रम समेत प्रभावित पार्ने आन्दोलनरत स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
 
 जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले भने स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न आग्रह गरेको छ । कञ्चनपुरमा विभिन्न ४४ सरकारी स्वास्थ्य संस्थाबाट सेवा दिदै आएको छ । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले भने बार्ता गरेर माग पुरा नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् । यसरी सरकारी स्वास्थ्यकर्मीहरुको आन्दोलनकै कारण नागरिकले पाउने स्वास्थ्य अधिकार समेत हनन् भएको छ । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले जनताको अधिकारको ख्यालै नगरि आन्दोलन गरेर पीडा थपिदिएको समेत विश्लेषण गरिएको छ । भने, अर्कोतिर स्थानीयहरुले सरकारले कर्मचारीहरुको माग बारे सम्बोधन गर्नुपर्नेमा समेत जोडदिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ