arrow

ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकले के गर्‍याे निर्णय ?

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
oli-voice-lokman-new.jpeg

काठमाडौं । प्रमुख प्रतिक्षी एमालेले २०७४ मंसिर अघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समितिको ५३औं बैठकले २०७४ मंसिर अघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

निर्वाचनका लागि आवश्यक कानुनी र राजनीतिक वातावरण मिलाउन पनि बैठकले सरकारलाई भनेको छ । यस्तै, बैठकले फागुन २१ गतेदेखि शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन गरेको छ । कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको छ । अभियानलाई गति दिन बैठकले पार्टीका कार्यकर्ता, मातहत कमिटी, जनसंगठनहरु र आम समुदायलाई हार्दिक अपिल गरेको छ ।

यसैबीच, बैठकमा फागुन १४ गते क्याम्पसहरुमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध गर्ने गरी भएका तालाबन्दीबारे छलफल भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षडयन्त्र स्वरुप यस्ता क्रियाकलापहरु भएको बैठकको निष्कर्ष छ ।

पार्टीले स्ववियु र पत्रकार महासंघको निर्वाचनहरुका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न समेत ध्यानाकर्षण गराएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । वुधबार फेरि बस्ने बैठकले बैठकले पोलिटब्युरो बैठकका एजेन्डाहरु तय गरेको छ । जसमा अध्यक्षको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति र मेची–महाकाली अभियान र विविध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ