arrow

भारतिय क्रिकेटका 'भगवान' सचिनको जीवनी २६ मेमा रिलिज हुदै

logo
प्रकाशित २०७३ फागुन ३ मंगलबार
SACHIN_nSwMzwX.jpeg
एजेन्सी । क्रिकेटर महेन्द्र सिंह धोनी पछि अब सचिन तेन्दुलकरको बायोपिक रिलिज हुने भएको छ ।  क्रिकेटका भगवान मानिने सचिनको बायोपिक ‘सचिन: ए बिलियन ड्रीम्स’ यस बर्ष २५ मेमा रिलिज हुदैछ ।
 
पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको बायोपिक ‘एमएस धोनी: द अनटोल्ड स्टोरी’ निकै चर्चामा रहेको थियो । यसैलाई मध्य नजर गर्दै क्रिकेट फ्यानका लागि मास्टर ब्लास्टर सचिनको  बायोपिक बनाइएको हो । 
 
सचिनले चलचित्रको नयाँ पोस्टर पोस्ट गर्दै  रिलिजको मिति बताएका छन् ।  उनले  ट्विटर एकाउन्टमा आफ्नो नयाँ पोस्टर पोस्ट गरेका छन् । सो तस्वीरमा उनले भारतको राष्ट्रिय झन्डा रंगको ब्याट हातमा बोकेका छन् । उक्त व्याट उनले आफ्नो २०० औ विदाई टेस्टमा बोकेका थिए । 
 
चलचित्रलाई जेम्स इर्स्कीनले निर्देशिन गरेका छन् । चलचित्रमा  एआर रहमानको संगीत रहेको छ । चलचित्र  निर्माता रवि भागचंद रहेका छन् भने कार्निवाल मोशन पिक्चर्सले चलचित्र निर्माण गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ