arrow

नेपाल निजामती कर्मचारी युनिय बाजुराको अध्यक्षमा थापा

logo
प्रेम रौले,
प्रकाशित २०७३ फागुन ३ मंगलबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा । नेपाल निजामती कर्मचारी युनियन संघ बाजुराको सातौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । फागुन २ गतेबाट  सुरु भएको युनियन संघको अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ ।
 
मंगलबार सम्पन्न भएको युनियनको जिल्ला अधिवेशनबाट समतकिा आधारमा नया कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक दयाराम पण्डितले बताए  । सातौ जिल्ला अधिवेशनबाट नेपाल निजामती कर्मचारी युनियनको अध्यक्ष तिलक बहादुर थापा चयन हुने भएको छ । जसमध्ये महिला उपाध्यक्षमा गंगा गिरी,खुला उपाध्यक्ष्मा कविता कुमारी बुढा,समावेशी उपाध्यक्ष वीर बहादुर रावल चयन भएका छन् । 
 
त्यसैगरी सचिव बोलराज आचार्य,कोषाध्यक्ष यशोदा शमृा सह सचिव गौरी कान्त संज्याल, गरी १७ सदस्यीय कार्य समिति चयन गरिएको पण्डितले बताए । उनले नया कार्य समिति सर्व सहमतकिा आधारमा चयन गरी घोषाण गरिएको बताए । यसैगरी नेपाल निजामती कर्मचारी युनियनको महाधिवेशन  प्रतिनिधी छनौट गरिएको छ । 
 
महाधिवेशन प्रतिनिधीमानिवर्तमान अध्यक्ष रामचन्द्र यादव,सुनिता के.सी र शंकर सिंह सहमतीका आधारमा चयन भएको नेपाल निजामती कमृचारी युनियनका प्रचार प्रमुख ताल बहादुर रावतले बताए । नेपाल कर्मचारी निजामती युनियन बाजुराको सातौ जिल्ला अधिवेशन नेपाली काँग्रेस केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले एका कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ