arrow

कस्तो थियो हिटलरको जेल जीवन (अभिलेख)

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
adolf-hitler.jpg.jpeg
बर्लिन (जर्मनी) । जर्मनीका पूर्व शासक एडल्फ हिटलरलाई जेलमा रहँदा विशेष व्यवहार दिइएको अभिलेखबाट जानकारी हुन आएको छ । जर्मनीका पूर्व तानाशाहाका रुपमा चिनिँदै आएका हिटलरले ल्याड्सवर्गस्थित जेल जीवन बिताउँदै गर्दा उनलाई पेय पदार्थ (बियर) दिइने गरेको हालै यहाँ प्रकाशित एक ऐतिहासिक दस्तावेजमा जनाइएको छ । 
 
इतिहासकार नाजी नेताको समयको बारेमा अध्ययन गर्ने क्रममा उक्त अनौठो तथ्य फेला पारेको जर्मनीको इतिहासका विज्ञ तथा अन्वेषक पिटर फ्लीसम्यानले बताउनुभएको छ । हिटलर र उनका कैयौँ सहयोगीलाई तत्कालीन जर्मन सरकारले दिएको आतिथ्यबारे अन्वेषणका क्रममा थाहा पाएपछि यसले उनीहरुलाई चकित पारेको फ्लीसम्यानले बताउनुभयो । 
 
हिटलर र उनका सहयोगीलाई सन् १९२३ को असफल ‘बियर हल पुच’ पछि जेलमा लिइएको थियो । यसमा जर्मन तानाशाहले ब्राभियामा शक्ति कब्जा गर्दैगर्दा नियन्त्रणमा लिइएको हिटलरको जेल जीवनका बारेमा रहेको अभिलेखबाट खुल्न आएको बताइएको छ । अभिलेखअनुसार हिटलर र उनका सहयोगीलाई समाजवादी वा कम्युनिस्टको तुलनामा सम्मानजनक व्यवहार दिइएको थियो । 
 
हिटलरलाई ल्यान्डसवर्ग जेलबाट सन् १९२४ डिसेम्बर २० मा व्यवहारमा सुधार आएको भन्दै जेलमुक्त गरिएको र पछि उनका गतिविधिका कारण प्रसिद्ध भएका थिए । उनको नाजी पार्टीले बहुमत प्राप्तगरेपछि सन् १९३३ पछि जर्मनीको चान्सलरका रुपमा आएका उनी पछि निरंकुश शासनशैलीका कारण पतन हुनुपरेको थियो । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ