arrow

क्रुर तानाशाह किम जोन उनका भाइको मलेसियामा हत्या

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
kim-jon-un.png
सोल । उत्तरकोरीयाली क्रुर तानाशाह किम जोन उनका सौतेनी भाइको मलेसियामा हत्या भएको छ । दक्षिण कोरीयाको एक मिडिया रिपोर्टले यसको पुष्टि गरेको छ । यद्यपि उत्तर कोरीया र मलेसियाली सरकारी अधिकारीहरुले भने यसको पुष्टि गरेका छैनन् । 
 
मलेसियाली प्रहरीले मृतकको पहिचान किम चोलको नाममा भएको र उनी उपचारको लागि मलेसिया आएको बताएका छन् । तर उनको सम्बन्ध कोसँग रहेको छ भन्ने विषयमा भने पुष्टि भईनसकेको बताएको छ । तर दक्षिण कोरीयाली मिडियाले भने उनका भाइ जोग नमले नक्कली पासपोर्ट बनाएर किम चोलको नाममा मलेसियामा बसेको बताएको छ । उनलाई उत्तर कोरीयाकै एक महिला एजेन्टले विसालु सुई लगाएर मारेको दक्षिणले जनाएको छ । 
 
जोग उन अन्तराष्ट्रिय स्तरमा लगातार आफ्नो शक्ति प्रदर्शन गर्दै आईरहेका थिए । उनले आफ्नो परमाणु हतियार तथा मिसाईलको धाक लगाएर उत्तरकोरीयाली शासकलाई पनि विभिन्न दबाब दिन लगाउँथे र त्यही दबाबको आधारमा सत्तामा आफ्नो प्रभाव जमाउन प्रयासरत थिए । 
 
दक्षिण कोरीयाली समाचार एजेन्सी योहापका अनुसार सोमबार राती उत्तर कोरीयाकै कुनै एजेन्टले हत्या गराएको बताएको छ । उनी उत्तरका पूर्व शासक किम जोग इलका जेठा छोरा थिए । पहिले उनी नै सत्ताको पहिलो दाबेदारको रुपमा देखिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ