arrow

त्रिवि कर्मचारी संघको चुनावमा ३ संगठनको घम्साघम्सी

संयुक्त प्यानलमा कुरा नमिल्दा प्रजातन्त्रबादी बलियो

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
big_1485426638TU-Central-Office-Building-Kirtipur.jpeg
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले नयाँ नेतृत्वको लागि निर्वाचनको तयारी गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको निर्वाचन बिहीबार देशभरका विभिन्न ७३ वटा निकायमा हुँदैछ । यस पटकको निर्वाचनका लागि विभिन्न चारवटा कर्मचारी संगठनहरुले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । यसरी उम्मेदवारी दिनेहरुमा प्रजातन्त्रवादी समूह, प्रगतिशील समूह, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन र विप्लव माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन नेपालसमेत रहेका छन् । 
 
यस अघि प्रगतिशील र राष्ट्रिय कर्मचारी संगठन लगायतका सबै संगठनहरु मिलेर उम्मेदवारी दिएका कारण प्रगतिशील समूहले निर्वाचनमा सफलता हाँसिल गरेको थियो । तर, अहिले भने सबैले छुट्टछुट्टै उम्मेदवारी दिएकोले प्रजातन्त्रवादी कर्मचारीहरुको जीत सुनिश्चित जस्तै रहेको दाबी प्रजातन्त्रबादीहरुले गर्ने गरेका छन् ।
 
त्रिविका कर्मचारीहरुले पहिले केन्द्रको कर्मचारी संघको निर्वाचन गरेर सोबाट चयन भएका केन्द्रीय प्रतिनिधिहरुले विभिन्न प्रतिष्ठान तथा क्याम्पसहरुमा निर्वाचन गराउने परिपाटी रहेको छ । अहिले त्रिविसँग सम्बन्धित ६३ क्याम्पस सहित कूल ७३ वटा निकायमा निर्वाचन हुँदैछ । सोको लागि अहिले मतपत्र सम्बन्धित निकायमा पुर्याईसकिएको र निर्वाचनको लागि सम्पूर्ण तयारी समेत पूरा भईसकेको प्रजातान्त्रिक कर्मचारी संघको तर्फबाट अध्यक्षका उम्मेदवार भोजराज राउतले जानकारी दिए ।
 
उनले सबैले एकल उम्मेदवार उठाएको र संयुक्त प्यानल नरहेकोले अहिले प्रजातान्त्रिक कर्मचारीहरुको जीत सुनिश्चित जस्तै रहेको बताएका छन् । यस अघि बनेको संयुक्त प्यानलले धेरै कर्मचारीको चासोको काम गर्न नसकेकोले धेरै कर्मचारीहरु दुबै प्यानलप्रति रुष्ट रहेको दाबी उनले गरे । 
 
यद्यपी प्रजातान्त्रिक कर्मचारीहरुले पनि आफूहरुको यस अघिको कामका कारण धेरै कर्मचारीहरु प्रजातान्त्रिकको पक्षमा रहेको दाबी गर्दै आएको छ । संघ त्रिविअन्तर्गत कार्यरत कर्मचारीहरुको साझा एवं आधिकारिक संस्था हो । वि सं २०४७ सालमा स्थापना भएको सो संस्थाको अहिले हुन लागेको निर्वाचन ११ औं नेतृत्वको लागि  हुन लागेको हो । 
 
कूल २१ जनाको कार्यसमिति हुने संघको नेतृत्वको लागि प्रगतिशील कर्मचारी संगठनबाट छत्रबहादुर कार्की  र राष्ट्रिय कर्मचारी संघबाट यादव पोखरेल अध्यक्षको दावेदार बनेका छन । प्रजातन्त्रवादी कर्मचारी संघबाट अध्यक्षका उमेदवार बनेकन राउत त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कार्यरत छन् । 
 
प्रजातन्त्रवादी  समूहबाट वरिष्ठ उपाध्यक्षमा पुण्यप्रसाद आचार्यले उमेदवारी दिएका छन् भने महासचिवमा भीमलाल भक्त, सचिवमा सविना श्रेष्ठ र कोषाध्यक्षमा पुष्पराज घिमिरेले उमेदवारी दिनु भएको छ । यसैगरी बरिष्ठ उपाध्यक्षमा शाक्यमुनी नेपाली, महासचिवमा धु्रबप्रसाद रिमाल, सचिवमा भूपेन्द्र लामा र कोषाध्क्षमा सुनिल कुमार खनालले उमेदावारी दिएका छन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ