arrow

संघीयता कार्यान्वयन गर्न नसके जनमत संग्रहमा जाऔं - चन्द्र भण्डारी

प्रदेश ५ को विषयमा निर्णय गर्ने अधिकार यहाँकै जनतामा छ

logo
कौरव खत्री
प्रकाशित २०७३ फागुन ४ बुधबार
chhandra-neta.jpeg
गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सासंद चन्द्र भण्डारीले संघीयता कार्यान्वयनमा जटीलता देखिए जनमत संगैहमा जान सकिने बताएका छन् । वामीका विभिन्न क्षेत्रहरुमा कार्यकर्ता भेटघाटको क्रममा उनले प्रदेशको सिमांकनको विषयमा कुरा नमिलेर संविधान कार्यान्वयनमै समस्या उब्जिनु भन्दा जनताले जे चाहेका छन् त्यही गर्नेगरी जनमत संग्रहमा गएर नै विवाद टुङ्ग्याउन सुझाव दिएका हुन् । जनताले हराएका व्यक्तिहरुको पछाडि लाग्दा आज देशले दुस्ख पाएको बताएका बताउँदै सांसद् भण्डारीले  केही हारेका ब्यक्तिको मागहरुको कारणले देशमा संविधान कार्यान्वयनमा जटिलता थपिएको बताताएका हुन् । 
 
समाजमा राजनीतिक दलहरुले जनतालार्इ विभाजन गरेको बताउँदै नेता भण्डारीले सानो तह बाट नै नेतृत्व गर्ने व्यक्तिहरु भ्रष्ट हुँदा देशले जटिल परिस्थितिमा रहनुपर्ने बाध्यता रहेको बताए । प्रदेश नम्बर ५ को आन्दोलनको बिषयमा कुरा गर्दै भण्डारीले प्रदेश ५ को बिषयमा कुरा गर्ने अधिकार अन्य प्रदेशकाहरुलार्इ नभइ यही प्रदेशका जनताहरुको भएको धारणा राखे ।  
 
सासंद भण्डारीले देशमा नेताहरुले आफु र आफ्नाहरुलार्इ मात्र बनाउने काम गरेको बताउँदै गरिब जनताको पक्षको काममा आफु लागेको बताए । उनले गुल्मी जिल्लालार्इ विकासको नमुना जिल्ला बनाउनको लागि १ अर्ब बजेट बिनियोजन गराएको बताए । उनले जनताले जे मागे पनि पुरा गरिदिन आफु तयार रहेको बताए । 
 
बडिगाढ नदीमा डेढ किलोमिटरको दुरीमा पुलहरुको योजना पारेको बताउँदै भण्डारीले अरुले गरेका काममा आफ्नो जश लिन खोज्नेहरु प्रति आफुले भन्दा फरक काम गरेर देखाउन चुनौती दिए । उनले जनतालाइ काम गरेका व्यक्तिहरुको सम्मान गर्न पनि आग्रह गरे । आफुले गरेका काममा अन्य ब्यक्तिहरुले आफ्नो भनेर जस लिन खोजेको प्रति उनले जनताहरु आफै सचेत हुनुपर्ने बताए । गलत गर्नेलाइ सबैले औला ठड्याउनुपर्ने तथा काम गर्ने व्यक्तिलाइ सम्मान गर्नूपर्ने उनको भनाइ छ । 
 
सालझण्डी तम्घास सडकखण्ड अब एक दुर्इ महिनामै जोडिने जानकारी दिदै उनले अब बुटवलबाट तम्घास डेढ घण्टामै आउन सकिने बताए । देशकै सबैभन्दा व्यस्त सडक रिडी(रुद्रबेणी(वामीटक्सार सडक खण्डको काम पनि धमाधम भइरहेको बताउँदै उनले ठेकेदार काम गरेर भ्याएसम्म आफु बजेटमा कमी हुन नदिने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ