arrow

जीप दुर्घटनामा सातको मृत्यु ,पाँच घाइतेकाे उपचार हुँदै

मृतक सातैको नाम ठेगाना खुल्यो

logo
टेकराज अवस्थी,
प्रकाशित २०७३ फागुन ४ बुधबार
accdent-dadeldhura-news.jpeg

डडेल्धुरा । अमरगढी नगरपालिकाको आईत बजारमा यात्रु बोकेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ, भने पाँच जना घाईते भएका छन् । डडेल्धुराको भागेश्वर गाविसबाट जिल्ला सदरमुकाम तर्फ आउँदै गरेको से १ ज ८३३ नम्वरको जीप आईत बजारको ठूलो खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको मृत्यु भएको र  पाँच जना घाईते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

भागेश्वर गाविस ४ सतिगाउँका लक्ष्मण भटट्, सोही ठाउँका ६० वर्षीय जयानन्द भट्ट, भागेश्वर ८ का गणेश सार्की, सोही गाविस ५ का नरपती पाण्डेय, कामदेव चटौतको घटनास्थलमै र दिवाकर पाण्डेयको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भागेश्वर ७ का ६५ वर्षीय  पदम मल्लको उपचारको क्रममा मृत्यु भएको पनि डडेल्धुरा प्रहरीले जनाएको छ ।

घाईते पाँच जनाको उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ । जीप सडकबाट करिव १ सय मिटर तल खसेको थियो । जिल्लाका ग्रामीण क्षेत्र आवत जावत गर्ने अधिकांश सडक जोखिम पूर्ण छन् । निर्माणाधिन अवस्थामा रहेको वागबजार बगरकोट सडकमा बाटो खराब भएकै कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान  छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ