arrow

च्याम्पियन्स लिग : रियाल मड्रिड र आर्सनल जित्लान् ?

logo
प्रकाशित २०७३ फागुन ४ बुधबार
champions-league-news.jpeg

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा विहिबार विहान बहुप्रतिक्षित दुई खेल हुँदै छन् । साढे १ बजेपछि हुने खेलमा इङ्गलिश हस्ती आर्सनलले जर्मन क्लब बायर्न म्युनिखसँग र स्पेनिस हस्ती रियाल मड्रिडले इटालीयन क्लब नापोलीसँग खेल्दै छन् । आर्सनलले राउण्ड अफ् सिक्सटिनको पहिलो लेग बायर्नको मैदान एलियान्ज एरेनामा खेल्ने छ भने, रियाल मड्रिडले सान्टियागो बर्नबेउमा नापोलीसँग पहिले लेग खेल्दै छ ।

राउण्ड अफ् सिक्सटिनको सुरुवाती अन्तर्गत वुधबार विहान भएको खेलमा स्पेनिश हस्ती बार्सिलोना फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीको मैदानमा ४–०ले स्तब्ध भएको छ । अर्को खेलमा बेनिफिकाले बोरुसिया डर्टमण्डलाई १–० गोलले पराजित गरेको छ । बार्सिलाना पहिलो लेगको फराकिलो हारले दबाबमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ