arrow

सामूहिक बलात्कारको भिडियो सामाजिक संजालमा राख्ने आरोपी पक्राउ

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ फागुन ४ बुधबार
pakadi-aropit.jpeg
कपिलवस्तु ।  एक साता भित्रै जिल्लाको दुई स्थानमा भएका बलत्कारका घटनाको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई तौलिहवामा सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै पकडी र चन्द्रौटामा गरिएको बलत्कारको आरोपमा पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको हो । गत माघ २६ गते पकडीमा एक १७ बर्षिया युवतीलाई ६ जनाले करणी गरी  त्यसको भिडियो बनाइ सामाजिक संजालमा भाईरल गरको आरोपमा २ जना पक्राउ परेका थिए । 
 
सार्वजनिक भिडियोको आधारमा पकडी– ४ पिचुर्खीका २० बर्षे बब्लु भन्ने अब्दुल रसिद मुसलमान र २० बर्षे राहत हुसेन पक्राउ परेका थिए । यस्तै गत फागुन २ गते शिवराज नगरपालिका– १० प्रगतिनगरमा ६ बर्षिया बालिका सिता अधिकारीलाई बलत्कार गरी हत्याको आरोपमा स्थानीय स्थानीय १८ बर्षे भीम बहादुर कुवरलाई पक्रेको थियो । साझ ७ बजे घरबाट हराएकी बालिकाको शव त्यहीको जवई खोलमा अर्को दिन बिहान मृत अवस्थामा फेला परको थियो । छरछिमेकीहरुसंग सोधपुछ र घटनाको अनुसंधान पछि लुकीहरको अवस्थामा चन्द्रौटाटै कुवर पक्राउ परेका थिए ।
 
 आफनो फफुको घर गईरहेको बेला  बिहान ११ बजेतिर ६ जना युवाहरुले युवतीलाई खेतबाट जबरजतस्ती झाडीमा लागेर बलत्कार गरी भिडियो समेत बनाएको प्रहरी उपरिक्षक भोजजंग शाहले बताए । २६ गते राति नै ती युवाहरुले भिडियो सार्वजनिक गरेका थिए । त्यसैको आधारमा घटनामा संलग्न २ युवाहरुलाई गत माघ २७ गते पक्राउ गरी घटनाको अनुसंधान अघि बढाएको थियो । 
 
पकडी चौराहामा सानो झुपडीमा बस्दै आएका युवती र तिनका आमा बुवा घटना पछि लोकलाजको डरले भैरहवा स्थित आफन्तका गएका थिए । प्रहरीले ती युवतीलाई गत माघ २६ गते प्रहरी कर्यालयमा झिकाए पछि पीडत परिवारले ६ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए । सो घटनाका एक जनाको नाम अझै नखुलेको प्रहरी उपरिक्षक शाहले बताए । फरार अभियुक्तहरुको खोजी भईरहेको उनले बताए । पकडी घटनामा पक्राउ परको आरोपीहरुलाई जबरजस्तीकरणी तथा चन्द्रौटा घटनामा पक्राउ परेका कुवर बिरुद्ध कर्तव्य ज्यान मुद्द चलाई अदालतबाट म्याद थपिएको शाहले बताए । 
 
दुबै घटनाको बिरोधमा कपिलवुस्तुमा दिनहु जसो बिरोध प्रर्दशन हुने गरेको छ । सो घटना पछि तौलिहवा, पकडी, चन्दौटामा स्थानीयबासी र बिद्यार्थीहरुले र्‍याली निकाल्दै बिरोध प्रर्दशन गरेका थिए । यसैबिच सो दुबै बलत्कार घटनामा संलग्नलाई कडा  कारबाहीको माग तथा मृतक बालिकाको संझनामा तौलिहवा र दोहनीमा शान्तिपुर्ण र्याली निकालिएको थियो । तौलिहावको भिक्षुचोक हुदै प्रशासन कार्यालय सम्म निकालिएको र्‍यालीले दोषीहरुलाई कडा कारबाही हुनु पर्न माग गरे । 
 
महिला मानवअधिकारकर्मी माया ज्ञवालीले अमानवीय एवं क्रुर घटनामा संलग्नलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने माग गरिन । जघन्य  अपराधका यस्ता घटनाहरु हुन नदिन प्रहरीले ठो कदम चाल्नु पर्ने उनले बताईन । मंगलवा साझ समेत गौढी चोकमा बिद्यार्थीहरुले शान्ति र्‍याली निकालेका थिए ।यस्तै संघीय समाजबादी फोरम नेपालले सो दुइ घटनाको छानबिन र दोषी उपर कडा कारबाहीको माग गर्दै प्रशासन कार्यालयमा बुधवार ज्ञापन पत्र बुझाएका छ । पार्टीका नव निर्वाचित अध्यष शौलेन्द्र यादव र नेता अब्दुल रसिद खाको नेतृत्वमा गएको टोलीले दोषीलाई चार्डै कानुनी दायरामा ल्याउनु पर्ने मा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ