arrow

च्याम्पियन्स लिग: बायर्नको अगाडी आर्सनल निरिह

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
bayern_Arsenal_Cleague.jpeg
एजेन्सी। जर्मन क्लब बायर्न म्युनिखले ईङलिश क्लब आर्सनललाई ५-१ गोलले पराजित गर्दै राउण्ड अफ सिक्सटिनको पहिलो लेगमा शानदार सुरुवात गरेको छ। 
 
जर्मन क्लबको अगाडी निरिह देखिएको ईङलिश क्लबको यो ठुलो हार हो। खेलको ११औं मिनेटमा जर्मन क्लबका स्टार आरेन रोबेनले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। 
 
३०औं मिनेटमा आर्सनलका एलक्सी सान्चेजले पाएको पेनाल्टी सिधा गोल नभइ पाएको पेनाल्टीको रिबाउण्डमा गोल गरेका थिए। पहिलो हाफमा खेल १-१को बराबरीमा सकिएको थियो। 
 
दोस्रो हाफमा खेल पुरै बायर्नले आफ्नो नियन्त्रणमा राख्दै थप चार गोल गरेको थियो। खेलको ५३औं मिनेटमा रोबर्ट लेवण्डोस्कीले गोल गरेका थिए भने ५६औं र ६३औं मिनेटमा थिआगो अलकान्टारा गोल गर्दै ४-१को अग्रता दिलाएका थिए। 
 
खेलको ८८औं मिनेटमा जर्मन स्टार थोमस मुलरले गोल गर्दै खेल ५-१ बनाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ