arrow

विभागको निर्देशनअनुसार समिति गठन भएन

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
baitadi.png
बैतडी। शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशनअनुसार बैतडीमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । शिक्षा विभागको गएको माघ मसान्तभित्र जिल्लाका सम्पूर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिएपनि हुन नसकेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिए । 
 
बैतडी जिल्लाका ९७ प्रतिशत विद्यालयमा मात्र विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । उनले भने, “बाँकी रहेका २० वटा विद्यालयमा पनि गठन प्रक्रियामा रहेकाले केही दिनभित्रै संशोधित ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन भइसक्नेछ ।” 
 
विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा स्रोतव्यक्ति र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान रहेपनि जिल्ला शिक्षा कार्यालयमा आवश्यक जनशक्तिको अभावका कारण सम्बन्धित स्रोतव्यक्तिको संयोजनमा गठन भइरहेको जिल्ला शिक्षा अधिकारी टेरले बताए। 
 
केही विद्यालयमा राजनीतिक खिचातानीका कारण समिति गठन स्थगित भए पनि अधिकांश विद्यालयमा सहजताका साथ समिति गठन गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
 
विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेका अधिकांश विद्यालयमा राजनीतिक खिचातानीका कारण हुँदा विवाद आएको बताइएको छ । बैतडीमा हाल तीनसय १९ प्रावि, एकसय तीन निमावि र एकसय १६ मावि गरी पाँचसय ३८ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् भने २१ संस्थागत विद्यालय सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ