arrow

पाँच अफगानी खेलाडी आईपीएलको अन्तिम छनौटमा

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
IPL-2016.jpg.jpeg
एजेन्सी। टि-२० क्रिकेटको भारतमा हुने महाकुम्भ ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौटको अन्तिम लिष्ट तयार भएको छ। केलाडी लिलामकालागि अन्तिम बोली फेब्रुअरी २०मा लाग्दैछ। 
 
बेंगलोरमा हुने अन्तिम लिलामीमा विश्वभरीका ३५१ खेलाडीहरुको नामावली रहेको छ। एक सय २२ जना अन्तराष्ट्रिय खेलाडी छन् भने बाँकी अन्तराष्ट्रिय अनुभव नभएका खेलाडी रहने छन्। 
 
उक्त अन्तिम खेलाडीहरुको छनौट लिष्टमा अफगानिस्तानका पाँच र युएईका १ खेलाडी परेका छन्। अफगानिस्तान क्रिकेटका कप्तान असगर स्टान्कजाई, मोहम्मद नाबी, मोहम्मद शहजाद, रसिद खान र दवलत जदरान रहेका छन्। त्यसैगरि युएईका ब्याट्सम्यान चिराग सुरी पनि उक्त छनौट लिष्टमा अटाएका छन्। 
 
अब २० फेब्रुअरीमा हुने लिलाममा ती खेलाडीहरुले कुनै टोलीमा स्थान पाउने छन् वा छैनन् भन्ने कुराको पत्ता लाग्ने छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ