arrow

बंगलादेशमा मजदूर पक्राउ गरेको विरोधमा नेपालमा प्रदर्शन

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
bangaladesh_birodh.jpeg
काठमाडौं । आन्दोलन गरेको आरोपमा तीनदिन अघि बंगलादेश सरकारले विभिन्न क्षेत्रमा काम गर्ने मजदूरहरुलाई पक्राउ गरेको विरोधमा नेपालमा प्रदर्शन भएको छ । बिहीबार बिहान कार्यालय सुरु हुने वित्तिकै नेपाल टेलिकम वर्कर्स युनियन, कृषि विकास बैंक, कर्मचारी सञ्चयकोष लगायतका १६ निकायका कर्मचारीहरुले बसुन्धारामा रहेको बंगलादेशी दूताबार अगाडि प्रदर्शन गरेका नेपाल ६ेलिकम वर्कर्स युनियनका महासिचव सुरेश राैनियारले जानकारी दिए । 
 
उनीहरुले विरोधस्वरुप वंगलादेशी राजदूत समक्ष ज्ञापनपत्र पनि बुझाएका छन् । युएनआई एशिया प्यासिफिकका अध्यक्ष राजेन्द्र आचार्यको नेतृत्वमा गएको टोलीले युएनआई उशिया प्यासिफिकमा कार्यरत मजदूरहरु पक्राउ गरेकोमा विरोध जनाउँदै उनीहरुलाई यथाशक्य चाँडो रिहा गर्न र उनीहरुको माग पूरा गर्नको लागि आग्रह पनि गरेका छन् । 
 
वंगलादेश सरकारले भने ट्रेड युनियकनको व्यवस्था नै खारेज गर्ने तयारी गरिरहेको छ । सेवा सुविधाको माग गर्दै गार्मेन्टमा काम गर्ने त्इहाँका मजदूरहरुले गरेको आन्दोलनमा तीनदिन अघि वंगलादेश सरकारले धरपकड गरी उनीहरुलाई जेल चलान गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ