arrow

युएनडिपीकी आवासीय प्रतिनिधि भ्यालेरीले भेटिन् प्रचण्डलाई

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
Vyaleri-nn.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्टले भेट गरेकी छन् । विहिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलताउन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन गर्न सरकार तयार रहेको बताए ।

भेटमा प्रधानमन्त्री दाहालले शान्ति सम्झौतादेखि शान्ति प्रक्रियाको पूर्णतामा संयुक्त राष्ट्र संघले खेलेको भूमिकाका लागि धन्यवाद दिए ।  साथै भेटमा प्रधानमन्त्रीले नेपालको पूनर्निर्माण प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि आग्रह गरे ।

भेटमा जुलियान्टले नयाँ सरकार गठनपश्चात् नेपालको पूनर्निर्माण प्रक्रियाले तीब्रता पाएको बताउँदै नेपालको पुनःनिर्माण र आर्थिक सहयोगका लागि संयुक्त राष्ट्र संघ तयार रहेको जानकारी दिइन् । भेटमा जुलियान्टले नेपालको विकासमा सहयोग गर्ने दातृ संस्थाहरुको मिनी–कन्फरेन्सका लागि समेत प्रस्ताव गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ