arrow

स्ववियु निर्वाचन सार्न विद्यार्थी संगठन सकारात्मक, निर्णय आउन बाँकी

उपकुलपतिसहित त्रिवि पदाधिकारीसँग वार्ता हुँदै

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
FSU.jpeg

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन सार्ने विषयमा विद्यार्थी संगठनहरु सकारात्मक देखिएका छन् । त्रिवि र त्रिविका आंगिक क्याम्पसहरुले त्रासदीपूर्ण वातावरणमा १४ फागुनमा निर्वाचन गर्न नसक्ने भनेपछि विद्यार्थी संगठनहरु निर्वाचन गर्ने शर्तमा दुई–चार दिन सार्न सकारात्मक भएको माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले हाम्राकुरालाई बताए ।

उनले भने, ‘स्ववियु निर्वाचन सार्ने भनेर सहमति नै भइसकेको चैँ होइन । क्याम्पस प्रमुखहरुले सुरक्षाको हिसावले सार्न भन्दै आउनु भएको छ । त्रिवि उपकुलपतिसहितको छलफलमा जुटेका छौं । के गर्ने भन्ने यो छलफलले टुंगो लगाउला ।’ निर्वाचन गर्ने सर्तमा दुई –चार दिन सार्न हामी तयार छौँ । संवाद जारी छ ।

वुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेपछि विहिबार विहानै नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले उपत्यकाका अधिकांश क्याम्पसहरुमा तालाबन्दी गरिदिएको छ ।

वुधबार विहान चन्द माओवादी निकट विद्यार्थीले कैलालीको लम्की बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयबाट कागजात कब्जा गरेका थिए ।

तपाईहरुले खोजेको के हो ?
चन्द माओवादीको पोलिट्व्यूरो सदस्य ओमप्रकाश पुनले आठौँ महाधिवेशनको जारी बन्द सत्रकैबीच रोल्पाको थवाङबाट भने, ‘ताला लगाउने हाम्रो आन्दोलन पनि होइन । हामीले हाम्रो सबै फोर्स महाधिवेशनमा लागेकाले केही दिन पर सारौँ भनेको हो । काँग्रेस–एमाले सार्न सहमत भएपनि प्रचण्डले पेलिरहेकाले तालाबन्दी गर्नु परेको हो ।’ सदस्य पुनले आफुहरुले कसैलाई अपहरण गर्ने र धम्की दिने कार्य नगरेको बताए ।

उनले भने, ‘हामीले चुनावमा भाग नलिने भनेको होइन । पहिले काँग्रेसको महाधिवेशन हुँदा स्ववियु चुनाव सारियो, एमालेको हुँदा पनि त्यसै गरियो तर, हाम्रो महाधिवेशनलाई महाधिवेशन किन नमान्ने भन्ने प्रश्न हो ?’ हाम्रो पनि संगठनहरु छ । निर्वाचनमा भाग लिँदै छ । हाम्रो महाधिवेशनलाई नजरअन्दाज नगरियोस् भन्ने हो ।’ १४ गते नै निर्वाचन गर्छ भने हामी टसल दिन्छौ, सामना गर्छौँ, पोलिट्ब्यूरो सदस्य पुनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ