arrow

जनकपुरका आमरण अनसनकारीको जीवन रक्षाको लागि आयोगको आग्रह

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
National-Human-Rights-Commission.jpeg
काठमाडौं । जनकपुर क्षेत्रको बृहत्तर विकास लगायत सातबुँदे माग रागत माघ २० गते देखी अनसनरत बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्मा र सदस्य कलामुदिन राइनको माग पूरा गरी उनीहरुको जीवनरक्षाको लागि राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । 
 
आयोगले स्वास्थ्य अवस्थाको सम्बन्धमा आयोगले नियमित अनुगमन गरिरहेको जनाउँदै आयोगकी प्रवक्ता मोहना अन्सारीले विज्ञप्ती जारी गर्दै उनीहरुको स्वास्थ्य स्थिती कमजोर बन्दै गएको उल्लेख गरेकी छिन् । आयोगले उनीहरुको माग सम्बोधनमा भएको ढिलाई प्रतिपनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
 
‘विकास एक नियमित प्रकृया हो । विकाससँग मानव अधिकारका कयौं सवालहरुको प्रत्यक्ष र परोक्ष रुपमा सम्बन्ध रहेको हुन्छ । वहाँहरुले उठाएका मागहरु ऐतिहासिक सम्पदाको संरक्षण तथा विकासको अधिकारसँगै सम्बन्धित देखिएका छन् । बिहीबार अन्सारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 
 
अन्सारीले अनसनरत पक्षले उठाएका मागहरुलाई उचित सम्बोधन गर्न सरकारले तत्काल आवश्यक पहल गरी वार्ताका माध्यमबाट समस्याको समाधान गर्न तथा वहाँहरुको जीवन रक्षा गर्न संवेदनशील हुन आयोग नेपाल सरकार समक्ष आग्रह गरेको जनाएकी छिन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ