arrow

निर्वाचन आयोगले पायो पूर्णता, तीन आयुक्तले खाए सपथ

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
elec-aayog-new.jpeg

काठमाडौं । तीन निर्वाचन आयुक्तले पद तथा गोपनीयताको सपथ ग्रहरण गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । संसदीय सुनुवाई विशेष समितिले मंगलबार तीन जना निर्वाचन आयुक्तको ना अनुमोदन गरेको थियो । राष्ट्रपति विद्या भण्डारीले अनुमोदित तीनै जनालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौडेल र सुधिर कुमार शाह विहिबार निर्वाचन आयुक्त नियुक्त भएका हुन् । विहीबारै नियुक्त तीनै जनालाई प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रपतिको उपस्थितिमा प्रमुख पद तथा गोपनीयताको सपथ दिलाए । संविधानको धारा २४५ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तीनै जनाले शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सपथ लिए । सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीमगर पनि सहभागि थिए ।

सपथ ग्रहण पछि नवनियुक्त आयुक्तहरुले समयमै निर्वाचन सम्पन्न गराउने बचनवद्धता गरेका छन् । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र ढंगले सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको नव नियुक्त निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई समयमै सम्पन्न गराउने दायित्व पूरा गर्ने बताए ।  

यस्तै, सुधिरकुमार शाहले दलहरुले निर्वाचन आचार संहिता विपरीत काम गरे कडा कारबाही गरिने बताए । निर्वाचन सम्बन्धि आवश्यक विधेयकहरु पारित भइसकेपनि स्थानीय तहको पुनःसंरचनाको अन्तिम प्रतिवेदन उपलब्ध नभएको र निर्वाचन मिति घोषणा नभएको भन्दै आयोगले जति सक्दो चाँडो निकास निकालेर सरकारले मिति घोषणा गर्नु पर्ने बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ