arrow

सुमीले ल्याईन जबसम्म भिडियो(हेर्नुहोस् भिडियो)

logo
प्रकाशित २०७२ पुष ९ बिहिबार
Sumi.jpg.jpeg
काठमाडौं । लोक गीत ‘दिक्तेल बजार’मार्फत चर्चामा आएकी गायिका सुमी चाम्लिङ राईले आफ्नो एल्बम ‘जबसम्म...’ को शीर्ष गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।  यसअघि एल्बमका अन्य गीतको भिडियो ल्याइसकेकी सुमीले ‘जबसम्म...’ बोल गीतको म्युजिक भिडियो टेलिभिजन र यु–ट्युबमार्फत एकैसाथ रिलिज गरेकी हुन् ।

जुन गीतमार्फत सुमीले गत वर्ष इमेज अवार्डमा ‘उत्कृष्ट पप गायन’ को अवार्ड समेत पाएकी थिइन् । ‘दिक्तेल बजार’ बोलको लोकगीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएकी सुमीका अनुसार ‘जबसम्म...’ गीतलाई पनि श्रोता÷दर्शकले रुचाएका छन् । ‘म्युजिक भिडियो पनि राम्रो बनेको छ’ उनले भनिन्, ‘भिडियो ल्याएपछि अझ राम्रो होला भन्ने अपेक्षा गरेकी छु ।’

सुमीको यस म्युजिक भिडियोको निर्देशन गायक नरेन लिम्बूले गरेका हुन् । भिडियोमा अल्का राई र केभिन कार्कीले मोडलिङ गरेका छन् । बौद्धस्थित एक होटलमा छायांकन गरिएको ‘जबसम्म...’ को भिडियोलाई ब्रायन राईले खिचेका हुन् । चाम्लिङ इन्टरटेनमेन्टले श्रोतामाझ ल्याएको यस भिडियोको सम्पादन भने विनय कंसकारले गरेका छन्् । 

सानै उमेरमा व्यवसायका रुपमा समेत आफ्नो परिचय बनाएकी सुमी भन्छिन्, ‘गायनका अलावा व्यापार पनि गर्दै आएकी छु ।’  हाल आफ्नो म्युजिक भिडियोको प्रमोसनमा रहेकी उनले चाँडै दोस्रो एल्बम ल्याउने पनि सुनाइन् । उनले भनिन्, ‘अहिले एल्बमको तयारी गर्दैछु । चाँडै नै श्रोतामाझ ल्याउनेछु ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ