arrow

मधेसी मोर्चा भित्रभित्रै यस्तो गर्दै छ तयारी

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
morcha-20.jpeg

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले चुनावमा भाग नलिने र आन्दोलनमा जाने तयारी गरिरहेको छ । मोर्चाका नेताहरु शीर्ष तीन दल निर्वाचन गराउने मनसायमा नरहेको भन्दै आन्दोलनका लागि औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।

वुधबार मात्रै स्थानीय तह पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनमाथि अध्ययन गर्न बनेको कार्यदलसँग छलफल गरेका मोर्चा नेताहरु तीनदलसँग झन् चिडिएका छन् । विहिबार महन्थ ठाकुर, उपेन्द्र यादव काठमाडौं बाहिर रहेपनि हृदयेश त्रिपाठी, अनिल झा, केशव झा लगायतका नेताहरुले अनौपचारिक छलफल गरेका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालय बिजुलीबजारमा चलेको औपचारिक छलफलपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले हाम्राकुरासँग भने, ‘औपचारिक बैठक शनिबार छ । हामीले अनौपचारिक छलफल गरेका हौँ । अब हामी चुनावमा जाँदैनौ आन्दोलनमा जान्छौँ । त्यसैको छलफलमा हामी लागेका छौँ ।’ किन चुनाव हुन नदिने ? जवाफमा उनले भने, ‘चुनाव हुन दिन्छौं । हामी जाँदैनौ । आन्दोलन गर्छौँ ।’

यद्यपि, मोर्चाका नेताहरुको छलफलका आधारमा कार्यदलले विहिबार मात्रै दुई नम्बर प्रदेशमा जनसंख्यालाई आधार मानेर स्थानीय तह थप्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ