arrow

ट्रम्प आलोचना गर्न रोकिएनन्, अब पालो संचारमाध्यमलाई गाली गर्ने

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
donald-trump.jpeg
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आलोचना गर्न यति खप्पिस देखिएका छन् कि उनी प्रशंसाको संसारबाट टाढिदै गएका छन् । दैनिक आलोचना गर्दा नथाकेका ट्रम्पले पछिल्लो पटक संचारमाध्यमलाई निशाना बनाएका छन् । उनले प्रेस जगत नियन्त्रणभन्दा बाहिर गएको भन्दै आलोचना गरेका छन् ।
 
शुरुआती दिनमा आफूले निकै राम्रो काम गरे पनि सञ्चारमाध्यमले त्यसको आलोचना गरेको भन्दै ट्रम्प मिडियाप्रति खनिएका हुन् । 
 
ह्वाइट हाउसमा बोलाइएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेलगत्तैदेखि देशभित्र र बाहिर आफूले अफ्ठ्यारा परिस्थितिमात्र ब्यहोर्नु परेको तर सञ्चारमाध्यमले भने त्यस स्थितिको ख्याल नगरी आलोचनामा समय खर्चेको टिप्पणी गरे ।
 
उनले संचारमाध्यम बेइमान भइसकेकोसमेत आरोप लगाए । उनले रुससंग दीगो सम्बन्ध राख्न खोज्दा मिडियाले साथ नदिएको आरोपसमेत लगाएका छन् । राज्यको चौथो अंगलाई यसरी नजरअन्दाज गरेपछि ट्रम्पले विश्वकै आलोचना खेप्नुको विकल्प पनि रहेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ