arrow

कचनारीमा आगलागी, चार गोठ स्वाहा

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
fire.jpeg
लहान । सिरहाको कचनारीमा बिहीबार राति भएको आगलागीमा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । कचनारी–६ निवासी मानवीर यादवको गोठबाट राति ११ बजेतिर सल्किएको आगोले नजिकै रहेको रजुई यादव, मुनिलाल यादव, शिवकुमार यादव र घुरन यादवको गोठ समेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 
आगलागीबाट करिब रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
 
प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ