arrow

पत्रकार महासङ्घको कार्यालयको ताला खुल्यो

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
FNJ.jpeg

काठमाडौँ। नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले फागुन २ गते तालाबन्दी गरेको थियो ।

सहमति पत्रमा युनियनले राखेका विषयलाई सम्बोधन गर्दै महासङ्घले शुक्रबारै विज्ञप्ति जारी गर्ने र युनियनले महासङ्घको केन्द्रीय कार्यालयमा लगाएको ताला तत्काल खोल्ने उल्लेख छ । ताला खोलेपछि महासङ्घका अध्यक्ष महेन्द्र विष्टले युनियनले सरोकार राखेका विषयलाई महासङ्घले बुझेको बताउँदै महासङ्घ सबैको साझा संस्था भएकोमा जोड दिए ।

युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घले आफ्नो साझा चरित्र बचाएर अघि बढ्नुपर्ने बताउँदै वास्तविक पत्रकारलाई मात्र महासङ्घको सदस्यता वितरण गर्नुपर्ने सुझाव दिए । महासङ्घले विधि, प्रक्रिया र अभ्यासलाई लत्याएर दल विशेषका कार्यकर्तालाई सदस्यता दिने र नवीकरण गर्ने गरेको कामप्रति अवगत गराउँदा पनि त्यसलाई बेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको युनियनले जनाएको छ ।

विहिबार मात्रै नेपाल प्रेस युनियन सहित सात वटा पेशागत संगठनहरुले सदस्यता विवाद अन्त्य गरेर मात्रै अधिवेशनको प्रक्रिया अघि बढाउन माग गरेका थिए । उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै महासंघको केन्द्रीय कार्यालयमा युनियनले लगाएको तालावन्दीको समाधान खोज्दै सदस्यता विवाद सकाएर मात्र विभिन्न चरणमा हुने अधिवेशनका प्रक्रिया अघि  बढाउन माग गरेको भोलिपल्ट पत्रकार महासंघ समस्या समाधान गर्न तयार भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ