arrow

सेनानी बिष्टलाई सम्मानपत्र हस्तान्तरण

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
senani-bista.jpeg
कञ्चनपुर ।प्रजातन्त्र सेनानी संघद्वारा सम्मानित भएका सुदूरपश्चिमका योद्धा कल्यान सिह बिष्टलाई सम्मान–पत्र हस्तान्तरण गरिएको छ । दार्चुला निवासी महासेनानी कल्यान सिह बिष्टलाई सम्मान –पत्र हस्तान्तरण गरिएको हो ।
 
सुदूरपश्चिमको दार्चुला जिल्ला धौलाकोटका बिष्टलाई बिहीबार कञ्चनपुरको बेल्डाँडी स्थित उनकै निवासमा सम्मान पत्र हस्तान्तरण गरिएको हो । ६५ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली काँग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघद्वारा बिष्टलाई सम्मानित महासेनानी पदवी प्रदान गरिएको थियो । प्रजातन्त्र प्राप्ति र गुमेको प्रजातन्त्र ल्याउनमा अतुलनीय भूमिका निर्वाह गरेको भन्दै बिष्टलाई सम्मानित गरिएको थियो ।
 
 एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री दिलेन्द्र प्रसाद बडूले उनलाई खादा ओढाएर सम्मान पत्र हस्तान्तरण गरे। सम्मानित प्रमाण पत्र हस्तान्तरण गर्दै नेता बडूले बिष्टले विगतमा नेपाली जनताको मुक्तिका लागि गरेको योगदानको कदर गरे। “तपाईले विगतमा नेपाली जनताको मुक्तिका लागि गर्नुभएको संघर्ष सराहनीय छ,” नेता बडूले भने, नेपाली काँग्रेसले तपाईको योगदान कहिल्यै पनि भुल्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ