arrow

सिँचाई अभावले तीन बर्षदेखि खेत बाँझै

logo
कौरव खत्री,
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
gulmi.jpg.jpeg
गुल्मी।गुल्मीको पौदीअमराई गाविसको वडा नं. ३ अन्तर्गत दोभान स्थित रहेको खेत उचित सिँचाईको व्यवस्था नहुदा विगत ३ बर्षदेखि खेतियोग्य जमिन बाँझै पल्टिएको छ ।
 
सिँचाई कुलोमा असर पर्ने मोटरबाटो खनेपछि सिँचाई कुलो पूर्ण रुपमा पुरिएपछि र अवरुद्ध भएपछि  दोहोली गाविस वडा नं.६ का २ घरधरी र सोही गाविस वडा नं. ७ का ४ घरधुरीका किसानहरुको करिव १ सय मुरी अन्न उत्पादन हुने खेत यति खेर बाझै बसेको छ । 
 
यति बेला आफ्नो खेतमा सिँचाईको उचित व्यवस्था मिलाइ दिन  सम्वन्धित निकायलाई आग्रह गरेको स्थानीय समाजसेवी श्यामन्त नेपालीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ