arrow

औद्योगिक क्षेत्र बनाउने निर्णयपछि व्यवसायी उत्साहित

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
chitwan-dist.jpg.jpeg
रत्ननगर (चितवन) । शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बनाउने सरकारी निर्णयको जिल्लाका व्यवसायीले स्वागत गरेका छन् । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्याकेज घोषणा गरेको एक हप्ता नबित्दै सरकारले कालिका नगपालिकास्थित शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णयको गरेको हो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले सो निर्णयको स्वागत गर्दै औद्योगिक क्षेत्र घोषणाबाट पर्यटन तथा उद्योग विकासमा टेवा पुग्ने बताए । 
 
यस्तै रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले सरकारी निर्णयले उत्साहित बनाएको बताए । “सङ्घले बर्सेनि साधारणसभा तथा महोत्सवमार्फत औद्योगिक क्षेत्र स्थापनाको विषय उठाउँदै आएको थियो,” उनले भने। पछिल्लो समय जिल्लामा उद्योगको सङ्ख्या थपिँदै गएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ