arrow

इमरानले जिताए दक्षिण अफ्रिकालाई, न्यूजिल्याण्ड ७८ रनले पराजित

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
ckt-news-N-Z.jpeg

एजेन्सी । न्यूजिल्याण्डविरुद्धको एकमात्र टि–ट्वेन्टी क्रिकेट दक्षिण अफ्रिकाले जितेको छ । इडेन पार्कमा भएको खेलमा दक्षिण अफ्रिकन बलर इमरान तहिर चम्किएपछि न्यूजिल्याण्ड ७८ रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले दिएको एक सय ८६ रनको चुनौती पछ्याएको न्यू्जिल्याण्ड १४ ओभर ५ बलमै अलआउट भयो । उसले जम्मा १ सय ७ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । इमरान तहिरको धरापमा परेका टम ब्रुसले ३३ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् ।

न्यूजिल्याण्डलाई सस्तैमा समेट्न तहिर एक्लैले ५ विकेट लिए । यस्तै, एन्डल फिल्युक्वायोले ३ र क्रिस मोरिसले २ विकेट लिए । पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हासिम अमलाले ६२ रन बनाए । कप्तान फाफ डु प्लेसिसले ३६ रन बनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ