arrow

ओलीले भने–राप्रपाले एमालेबाहेक अन्यलाई धक्का दिन सक्छ, हाेसियार !

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
oli-new-pic.jpg.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपीले ओलीले अबको निर्वाचनमा राप्रपाले एमालेबोहक अन्य पार्टीलाई धक्का दिने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकताको महाधिवेशनको उद्घाटन् सत्रमा बोल्दै अध्यक्ष ओलीले भने, ‘राप्रपा सही ठाउँमा उभिएको छ । मलाई विश्वास छ राष्ट्रियताको सवालमा आगामी दिनमा पनि गलत बाटोमा हिड्ने छैन ।’

संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित नुहने जिकिर गर्दै अध्यक्ष ओलीले भने, ‘होसियार हुनुस् । आगामी निर्वाचनमा राप्रपाले एमालेबाहेक अन्यलाई अक्का दिन सक्छ ।’ राप्रपा सही दिशामा छ । जनताको भावनाको विरुद्धमा भएको संविधान संशोधन कुनै पनि हालतमा पारित हुनै सक्दैन, ओलीले भने ।

उता, मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन नभई समस्या समाधान हुन नसक्ने र  निर्वाचन हुन नसक्ने बताए । यसका लागि शीर्ष तीन दल नै जिम्मेवार बन्नु पर्ने गच्छदारको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ