arrow

के दुई नम्बर प्रदेश काश्मिर होस् भनेर बनाइएको हो, त्यो त पुरै तराई नै छ !

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
hridayesh-tripathinews.jpeg

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले मुलुकमाथि प्रश्न उठाउने अपराध नगरियोस् भनेका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा उपाध्यक्ष त्रिपाठीले एमाले अध्यक्ष केपी ओलीले बोलेकोप्रति संकेत गर्दै भने, ‘पाँच नम्बर प्रदेशको तराइको भाग टुक्र्याइए काश्मिर बन्छ भनियो । म आज प्रश्न गर्न चाहन्छु । के दुई नम्बर प्रदेश काश्मिर होस् भनेर बनाइएको हो ? त्यो त पुरै तराइ मिलाएरै बनाइएको छ ।’

त्रिपाठीले हिजोका दिनमा तराइमै बसेका मधेसी र थारुहरुले तराइको रक्षा गरेको भन्दै अहिले ति जनतालाई शंकाको नजरले किन हेरिदै छ ? भन्दै प्रश्न गरे । बहुजातीय भनेको के गहना हो ? त्रिपाठीले भने, ‘यो देश बहुजातीय छ । तर, अस आर्यको मात्रै परिभाषा गरिएको छ । मधेसी र थारु बहुजातीयभित्र किन अटाएनन् । संविधान संशोधन नहुनेको भने फेरि ४७ सालकै हविगत हुने तर्क त्रिपाठीले गरे । राप्रपालाई त्रिपाठीले एउटा समूहको पार्टी नबनाउन सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ