arrow

प्रचण्डले भने–म युद्धबाट आएको भएपनि किन किन राप्रपासँग मिलौँ मिलौँ लाग्छ ?

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
dahal-gi-nya-a.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा नेपालसँग आफ्नो पार्टी र आफ्नो विचार नमिले पनि मिलौँ, मिलौँ लाग्ने र नजिक हुन मन लाग्ने बताएका छन् । राप्रपाको एकता महाधिवेशनको उद्घाटन् सत्रमा प्रधानमन्त्री दाहालले भने, ‘म विद्रोही । हिजोका दिनमा युद्ध गरेको कमाण्डर, तपाइहरुको जस्तो विचार र दर्शन छैन । तपाई र हाम्रो विचारमा ठूलै अन्तर छ । तर, किन किन राप्रपासँग मिलौ मिलौ लाग्छ । नजिक हुन मन लाग्छ ।’ हात मिलाउन मन लाग्छ । देशको सङ्कट समाधान भइसकेको छैन, धेरै टाढा नजानु होला ।’

प्रधानमन्त्री दाहालले संविधान निर्माणमा राप्रपाले देखाएको भूमिकाको उच्च प्रशंसा गरे । यस्तै, दाहालले छिट्टै स्थानीय तह निर्वाचनको मिति घोषणा हुने जानकारी दिए । दाहालले भने, ‘संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन । मैले क्याविनेटबाट निर्वाचन गर्ने निर्णय गरिसकेको छु । छिट्टै तिथि, मिति घोषणा हुनेछ ।’

यस्तै, प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको भन्दै राप्रपाले देशलाई दुर्घटनामा जान नदिने विश्वास लिए । दाहालले भने, ‘सिद्धान्त र एजेण्डामा विमत्ति हुँदा हुँदै पनि राप्रपाले संविधान जारी गर्दा ताा देखाएको परिपक्वताले पुष्टी भइसकेको छ ।राप्रपाका नेताहरु हल्का फुल्का आवेगमा आएर काम गर्दैनन् । परिपक्व काम गर्दछन् । संविधान कार्यान्वयनमा पति त्यो परिपक्वता प्रस्तुत हुनेमा म विश्वस्त छु ।’ राप्रपाले उठाएको राष्ट्रवाद हिमाल, पहाड, तराइलाई जोड्ने गरी वस्तुतः हुनेमा पनि आफु विश्वस्त रहेको प्रधानमन्त्री दाहालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ