arrow

प्रचण्डका अगाडि हाँस्दै कमल थापाले भने –अब म राजासहितको लोकतन्त्र भन्न थाल्छु

अब अर्को चमत्कार गरौँ

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
news-thapa-ne.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले आफु अब देखि राजासहितको लोकतन्त्र भन्न थाल्ने बताएका छन् । पार्टी एकताको महाधिवेशनको उद्घाटन् सत्रमा बोन्दै अध्यक्ष थापाले भने, ‘म आज देखि राजासहितको लोकतन्त्र भन्न थाल्छु ।’ मलाई सम्झना छ ।

काँग्रेस संस्थापक वीपीले २०३३ सालमा मेलमिलापको नीति लिएर आउँदा भन्नु भएको थियो, थापाले भने, ‘प्रजातन्त्रवादीहरुसंग राजावादीहरु नझस्क, राजावादीहरु प्रजातन्त्रवादीहरुसँग नतर्स । प्रधानमन्त्री पुष्पकमल दाहालतर्फ हेर्दै थापाले भने, ‘गणतन्त्रवादीहरु राजसंस्थासँग नझस्क, राजसंस्था पक्षधरहरु गणतन्त्रवादीसँग नतर्स ।’

प्रधानमन्त्री दाहालले थापा अघि बोल्दै भनेको किन कनि राप्रसँग मिलौँ मिलौँ लाग्छ भनेको विषयलाई लिएर अध्यक्ष थापाले भने, ‘प्रचण्डसँग काम गर्दा मेरोपनि सम्बन्ध त्यही छ , म निकै निकट महसुस गर्छु । हामीलाई नजिक ल्याउने भनेको राष्ट्रियता हो । उहाँको उद्देश्य र मेरो उद्देश्य मेल खान्छ । त्यसैले म अब राजासहितको लोकतन्त्र भन्न थाल्छु ।’

संघीयताबाट फर्किन सकिदैन
अध्यक्ष थापाले संघीयता नचाहेर पनि नेपालको आवश्यकता भइसकेको बताए । उनले भने, ‘संघीयता आजको आवश्यकता भइसक्यो । संघीयता संविधानको अंश भइसक्यो । संघीयताबाट फर्किन सकिँदैन ।’ हाम्रो मान्यता संघीयताको नाममा राष्ट्रिय एकतामा खलल नपुगोस् । हिमाल, पहाड र तराईको सम्बन्ध नभत्कियोस् भन्ने हो । त्यसैले चुनावी स्वार्थभन्दा माथि उठेको राज संस्था चाहिन्छ भन्ने हाम्रो मान्यता हो, थापाले भने । तालिको गड्गडाहट छुट्यो ।

प्रचण्डबाट एउटा चमत्कार हुन आवश्यक छ
अध्यक्ष थापाले राजासहितको लोकतन्त्रको कुरा जोड्दै भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल हामी सामुन्ने बस्नु भा छ । उहाँ विलक्षण प्रतिका धनी हुनुहुन्छ । फेरि एउटा उनैको चमत्कारको आवश्यकता छ । प्रधानमन्त्री ज्यू तपाइको एजेण्डा र संघर्ष र हाम्रो तागतलाई एक बनाऔँ । तपाइ र हामीबीच सामन्यस्यता कायम गरौँ । यो नेपालको अट्टुट ग्यारेन्टी हुनेछ । त्यसपछि कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैन ।’ हामी परिवर्तन विरोधी होइनौँ निरन्तरतासहितको परिवर्तनको पक्षधर हौँ ।

हिजो सहमति गरेर आज मधेसका समस्याप्रति गम्भीर नहुनु जनताप्रतिको बेइमानी
संविधान कार्यान्वयनका विषयमा बोल्दै अध्यक्ष थापाले भने, ‘जसरी राप्रपाले संविधान निर्माणमा सघाएको थियो  । प्रधानमन्त्री ज्यू निचिन्त रहनुस् संविधान कार्यान्वयनमा पनि सकारात्मक सहयोग रहनेछ ।’ संविधानमा फरक मत छ । तर, संविधानलाई मानेका छौं ।

यो संविधानलाई हामीले आलोचनात्मक समर्थन गरेका छौं, थापाले अगाडि भने, ‘दुई तिहाइले पास हुने अवस्थामा हामीले पनि हस्ताक्षर गरेका छौं । यो हाम्रो पनि संविधान हो । यो संविधानले विचार र स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । यो संविधानले कुनै पनि विषयलाई अपरिवर्तनीय राखेको छैन ।’  

थापाले भने, ‘संविधान संशोधनमा हाम्रो विमत्ति छ । यथा स्थितिमा त्यो नेपालको हितमा छैन । परिमार्जन हुन्छ भने, नयाँ ढंगले संशोधन हुन्छ भने हामी सहयोग गर्न तयार छौं ।’ हिजो संविधान जारी गर्दा मधेसको समस्या समाधान गर्ने भनेर सहमति भएकै हो । आज असयोग गर्नु भनेको जनताप्रतिको बेइमानी हो, थापाले भने । यस्तै, अध्यक्ष थापाले निर्वाचनको मिति घोषणा गरे सबैभन्दा पहिलो स्वागत राप्रपाले गर्ने समेत प्रधानमन्त्री दाहाललाई सुनाए ।

वैदिक सनातन धर्मको सम्मान गर्दै हिन्दु राष्ट्र बन्नु पर्छ नेपाल
थापाले भनेका छन्, ‘हामीले कुनै धर्मलाई निषेध गर्न खोजेका छैनौं । सबै धर्मका विचमा समानता छन् । वैदिक सनातन धर्मको सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’ हामीले ८१ प्रतिशत हिन्दु, ९ प्रतिशत बौद्धिष्ट र ३ प्रतिशत किँराती गरी ९४ प्रतिशत ओमकारहरुको सम्मान खाजेका हौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ