arrow

शाहरुखका लागि कट्रिनालाई साइड लगाउदै दिपिका

logo
प्रकाशित २०७३ फागुन ६ शुक्रबार
Shahrukh-Khan-IPL-2013-opening-ceremony.jpeg
एजेन्सी ।  बलिउड अभिनेत्रि दीपिका पादुकोण पुन एक पटक  शाहरूख खानसँग काम गर्न चाहेकी छन् ।  दीपिका अहिले संजय लीला भन्सालीको चलचित्र पद्मावतीमा व्यस्त रहेकी छन् । दीपिका आनन्द एल रायको निर्देशनमा बन्ने  शाहरुख खानको चलचित्रमा काम गर्न चहाएको चर्चा चलेको छ ।  चलचित्रको लागि कट्रिना केफ पहिलो रोजाइमा रहेकी छन् ।  तर पनि कट्रिनाको नाम भने फाइनल भइसकेको छैन।   
 
आनन्द एल रायले सो चलचित्रको लागि पहिले दीपिकासँग कुरा गरेका थिए । तर उनि हलिउड चलचित्र ट्रिपल एक्समा व्यस्त रहेकी थिइन् । त्यसै कारण पनि चलचित्रमा कट्रिनाको चर्चा चलेको हो ।  दीपिकाले चलचित्रमा अभिनय गर्ने इच्छा जाहेर गरेकी छन् । उनि चलचित्रमा काम गर्न पुरा कोसिस गरिरहेकी छन् । उनले चलचित्रको लागि आफ्नो लुक टेस्ट दिएको चर्चा पनि चलेको छ ।
 
 उनले चलचित्र पाउने वा नपाउने त्यसको निर्णय आनन्द एल रायले तय गर्नेछन् । शाहरुख खान पहिलो पटक चलचित्रमा बाम पुड्काको भुमिकामा अभिनय गर्दैछन् । मार्च देखि चलचित्रको सुटिङ सुरु हुनेछ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ